बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

‘तनाव हटाउन सामाजिक सञ्‍जाल कम प्रयोग गर्नुस्’

काठमाडौँ — सरकारले लकडाउन गरेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोल बने । जस्तो– हाछ्यूँ गर्दा बिरालो तर्सेर भागेको, हातको इसाराले चुरोट मागेको तर नपाउँदा छटपटी भएको, घरको इँटा गनेको आदि । यिनले केही क्षण ‘रिफ्रेस’ बनाउलान् ।

 

तर यति बेला तपाईंको दिमाग सधैंझैं सामान्य छ त रु पक्कै छैन । लकडाउन फेरि थपिएला कि भन्ने चिन्ता छ तपाईंलाई । कोभिड–१९ को असर कहाँसम्म पुग्ला भनेर सोच्न पनि भ्याउनुहुन्छ । घरमा ग्यास सकियो भने के गर्ने भन्ने अर्को समस्या अघिल्तिर तेर्सिहाल्छ ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेका धेरैको दिमागमा अनगिन्ती विचार खेलिरहेका छन् । मनोचिकित्सकहरू भन्छन्– महामारीको समयमा स्वतः मानसिक रोग केही हदसम्म बढ्छ ।

विराटनगरकी १९ वर्षीया युवतीमा लकडाउन सुरु भएदेखि अनौठो लक्षण देखा पर्न थाल्यो । उनी जथाभावी बोल्ने, रुने, हाँस्ने, आत्तिने, रातभर नसुत्ने गर्थिन् । उनी स्थानीय क्लिनिकमा गइन्, उपचार गराइन् । समस्या बीसको उन्नाइस नभएपछि उनी मानसिक रोग विशेषज्ञ डा। रितेश थापाको सम्पर्कमा आइन् । ‘गम्भीर मानसिक समस्या साइकोसिस नै भइसकेको रहेछ । परामर्श र औषधिले उनी ठीक हुँदै छिन्,’ डा। रितेशले अनमोल अनलाईन टेलिभिजन संग बताए ।

 

भक्तपुरका ४५ वर्षीय पुरुषमा आत्तिने बानी देखिन थाल्यो । उनमा विगतमा पनि मानसिक समस्या थियो । तर ठीक भएका थिए । लकडाउनले समस्या उल्टिएको थियो । उनलाई कानमा कसैले बारम्बार एउटै कुरा दोहोर्‍याएजस्तै लाग्थ्यो । कसैले ‘तिम्रो शरीरमा चिप फिट छ, त्यसबाट कोरोना सर्छ’ भनेझैं लाग्थ्यो । मनोपरामर्श लिएपछि उनी अहिले सहज जीवन जिउन कोसिस गर्दै छन् । धेरै सुधार भएको छ ।

डा। रितेशका अनुसार क्वारेन्टाइनमा बसेर दिनभरि सामाजिक सञ्जालमा कोभिड–१९ सम्बन्धी कुरा र भ्रामक समाचार पढ्दा मानिस मानसिक बिरामी बन्दै छन् । घरमै केही नगरी बस्दा कोभिड–१९ बारे सोच्ने, त्यसकै कुरा गर्ने हुनाले आत्तिने, छटपटी र तनाव हुने समस्या बढिरहेको छ ।

मनोचिकित्सकहरूका अनुसार कोभिड–१९ को डर र त्रासले नयाँ मानसिक रोगका बिरामी थपिएका त छन् नै पुराना मानसिक रोगीको व्यथा झन् बढेको छ ।

ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन नेपालले कोभिड–१९ सम्बन्धी मनोसामाजिक परामर्श दिन हटलाइन सञ्चालन गरिरहेको छ । एक सातादेखि सञ्चालन गरिएको हटलाइनमा बुधबारसम्म २७ जनाले कल गरिसकेका छन् । फोन गर्नेमा धेरै पुरुष छन् । क्लिनिकल साइकोलोजिस्ट र साइकोसोसल काउन्सिलरले बिहान ८ देखि साँझ ६ बजेसम्म मानसिक समस्यासम्बन्धी परामर्श दिन्छन् । संस्थाका कार्यकारी निर्देशक डा। कमल गौतमका अनुसार धेरै जनाले मानिसमा कोभिड–१९ कसरी सर्छ भनेर जिज्ञासा राख्छन् । ‘निद्रा नलाग्दा, आत्तिँदा, घाँटी खसखस गर्दा कोरोना हो कि भनेर फोन गर्ने पनि छन्,’ उनले भने, ‘कोरोना लागिहाल्छ कि भन्ने शंका गरेर मनमा कुरा खेलाउने र छटपटी हुने समस्या साझा रूपमा देखिएको छ ।’

 

चिकित्सकहरूले परामर्श दिएर औषधि प्रेस्क्राइब गरे पनि औषधि किन्न समस्या छ । ‘सरकारले स्काइप तथा टेलिमेडिसिन सेन्टरबाट कसरी परामर्श दिने, कसरी औषधि प्रेस्क्रिप्सन गर्ने भनेर गाइडलाइन बनाउनुपर्छ,’ डा। गौतमले भने ।

मनोचिकित्सक डा। कपिल उपाध्यायलाई केही दिनअघि तेह्रथुमकी एक शिक्षिकाको फोन आयो । आफ्नो ठाउँमा कोभिड–१९ को संक्रमण फैलियो भने के गर्ने भनेर उनी निकै तनावमा रहिछन् । ‘अहिले सहरमा मात्र होइन गाउँमा पनि मानसिक समस्या देखिन थालेको छ । सहरका मान्छे कामविहीन भएर घरमै बसेका छन्, व्यायायमा पनि हुँदैन,’ उनले भने, ‘कामले शारीरिक स्फूर्ति राख्नुका साथै दिमाग ताजा बनाउन गाउँमा सम्भव छ ।’

विश्वभरि नै कोभिड–१९ महामारीका रूपमा फैलिइरहँदा मनमा डर हुनु मानवीय स्वभाव भएको चिकित्सकहरू बताउँछन् । ‘सकारात्मक सोचले दिमाग मात्र होइन, शरीर पनि बलियो बनाउँछ,’ डा। उपाध्यायले भने, ‘महामारीसँग भिड्न सक्छु भन्ने सकारात्मक विचार राख्ने गरे यस्ता समस्याबाट मुक्त भइन्छ ।’

✅तनावतनाव रहित कसरी हुनेरु 

सामजिक सञ्जालमा धेरै समय नबिताउने
कोभिड–१९ सम्बन्धी समाचार धेरै नपढ्ने, आधिकारिक मिडियाको मात्र भर पर्ने
आफूलाई व्यस्त राख्ने तथा मनमा लागेका कुरा गर्ने 
परिवार संग बिताउने
पोषणजन्य आहार खाने
किताब पढ्ने, लेख्ने, फिल्म हेर्ने
सामान्य व्यायाम र योग गर्ने
पर्याप्त निदाउने
जाँड रक्सी लागू पदार्थ नखाने

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation