दाँतको सुरक्षाबारे दिनको दुइ पटक मात्र दाँत माझेर ढुक्क हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ।लाखौले ध्यान दिन्नन यस्ता कुरामा जसकारण नराम्रोसंग यसरी बिग्रिन्छ दाँत,समयमै पढ्नुहोस

मानिसको जीवनमा दुधे दाँत र स्थायी दाँत गरि दुई पटक पलाउँछ । बच्चा जन्मिएको ६ महिनादेखि करिब साँढे दुई वर्ष भित्रमा आउने २० वटा दाँतलाई दुधे दाँत भनिन्छ । जुन १२ १३ वर्ष भित्रमा सबै झरीसक्छन् ।६ वर्षको उमेरमा पहिलो बंगारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन् । तर १७ वर्षदेखि २५ वर्षसम्म आउँने बाँकी चारवटा दाँतलाई हामी बुद्धिबंगारो भन्छौं । यो उमेर भनेको बालापन सकेर वयस्क उमेरको पहिलो खुड्किलो हो र केटाकेटी अलि चलाख, बुद्धिमानी हुँदै जाने उमेर हो । यस कारणले गर्दा यस दाँतलाई बुद्धि बंगारा नामाकरण गरिएको मानिन्छ ।

बुद्धिबंगाराको प्रयोग परापूर्व कालमा हाम्रा पूर्वजहरुले काँचो मासु चबाउन, जंगली खानेकुरा खान उपयोग गर्दथे । मानव जातीको विकास क्रममा खाने कुरामा परिवर्तन हुँदै जाँदा बुद्धिबंगाराको कम प्रयोग हुन थाल्यो । जसकारण आजसम्म आइपुग्दा यसको प्रयोग भएको खासै देखिन्न ।

त्यसैले आजकल या दाँत उम्रन मुखभित्र ठाउँ नपाएको देखिन्छ । कहिले गिजाभित्र त कहिले हड्डि भित्र लकेर बसिदिन्छ । यो हुनुमा मानिसको दाँत हुने स्थान सानो हुँदै जानु मुख्य कारण मानिन्छ । यसरी दाँतको गिजाभित्र खानेकुरा त्यहाँ फस्छ, खानेकुरा फसेपछि मुख भित्र रहेको किटाणु सक्रिय हुन्छ र त्यही खानेकुरा कुहिएर संक्रमण सुरु हुन्छ ।

सुरुसुरुमा गिजा सुन्निे, ज्वरो आउने हुन्छ र पछि पिप जम्ने, मुख खोल्न नसक्ने हुन्छ र खान पिउन गाह्रो सक्छ । कहिले कहिले सास फेर्न पनि गाह्रो हुन सक्छ । गिजा पाक्ने अवस्था पनि आउछ र संक्रमण पनि फेलिँन सक्छ ।

अन्य समस्याहरु हड्डी भित्र लुकेर बसेको बुद्धिबंगाराले त्यसको नजिक रहेको अर्को बंगाराको जरा खियाई दिने । अर्को दाँतमा किरा लाग्ने । अर्को दाँतलाई धकेलिदिने जस कारणले गर्दा मुखमा अन्य दाँतलाई ठाउँ कम गरिदिने । हड्डि खियाई दिने । यसरि हेर्दा सानो तर पछि त्यस्तो दाँतले ठूलै रुप लिन सक्छ त्यसैले बेलैमा उपचार गर्न सचेत हुनुपर्छ ।

जनमानसमा बुद्धि बंगारा निकाल्दा बुद्धि हराउने, आँखामा असर पार्ने, दिमागमा असर पार्ने जस्ता मिथ्या कुराले जरो गाडेका देखिन्छ । यो र यस्ता भ्रमहरुलाई चिर्दै शल्यक्रिया गरी यसको समाधान गर्न सकिन्छ । यस्ता शल्यक्रिया १५–१८ वर्षमा गर्दा बढि फाइदा हुन्छ । यो उमेरमा घाउ छिटो निको हुन्छ । र भविष्यमा आउने समस्या रोक्न सकिन्छ ।

सन् १९५० मा दाँतको एक्सरे गर्ने मेसिनको विकास सँगै सामान्य लठ्याउने औषधि दिएर यसको शल्यक्रिया गर्न एकदम मद्दत पुगेको छ । यसको समाधानका लागि बिरामीले सही दन्त चिकित्सकको पहिचान गरी शल्यक्रिया गरिएको खण्डमा रोगको निदान सही ढंगबाट हुन्छ ।

अन्यथा अनावश्यक समस्याबाट गुज्रनु पर्ने, पैसा र समयको बर्बादी साथसाथै मानसिक तनावबाट जीवन व्यतित गर्नुपर्ने हुन्छ । आजैबाट आफ्नो मुखको परीक्षण गराउँ, स्वस्थ भएर जीवनयापन गरौं ।

के गर्ने दाँतमा किरा लाग्न नदिनको लागि रुकोल्डड्रिङ्स खाँदा सकेसम्म पाइपको प्रयोग गर्ने बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात इनामेल खियाउने काम गर्नसक्छ । तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन । हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ ।बच्चालाई सुतेर खानेकुरा वा दुध खान नदिने ।

त्यसरी दिदा खानेकुरा मुखभर रहन्छ र दाँतमा एसिड उत्पादन तिब्र्र हुन्छ । बिहान बेलुका खाना खाईसकेपछि फोलोराइडयुक्त पेस्टले दाँत माज्ने । दाँत माज्दा चपाउने भागमा पनि माज्ने । बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाईसकेपछि सकेसम्म मुख कुल्ला गर्ने ।
स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरुस्मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् ।

तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

हुन त हामी धेरैले दिनको दुई पटक ब्रस गर्ने गर्छौं नभए कम्तीमा पनि दिनको एकपटक त पक्कै ब्रस गर्छौं । हामीले ब्रस गर्न सानैबाट सिकेका हुनौ तर, आश्चर्यजनक कुरा धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् ।

दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ ।

चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ । ब्रस गर्ने सहि तरिका थाहा पाइराख्नु दाँतको सुरक्षाको पहिलो कदम हो । त्यसैले यी कुराहरु जानीराखौं दाँतको सफाईस्ब्रस गर्नको लागि कुनै पनि मानक समय हुँदैन् । तर, दन्तचिकित्सकहरुले कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नुपर्ने सल्लाह दिन्छन् । यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छ । यसले दाँतमा हुने क्षतिलाई पनि रोक्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९