ह्याकर ऐश्वर्या

ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्।

कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन्। यसरी गेमिङ हुँदै कम्प्युटर कोडिङमा लागेकी उनी अहिले एक ह्याकर हुन् । 

काठमाडौंकी २४ वर्षीया ऐश्वर्या नेपालका थोरै संख्यामा पर्ने महिला ह्याकरमध्ये एक हुन्। करिब तीन वर्षदेखि ह्याकिङमा लागेकी उनी अहिले एक बैंकका लागि काम गरिरहेकी छन्। बैंकको सिस्टम सर्भर, नेटवर्क, वेब एप्लिकेसन र डाटाहरू बाहिरी ह्याकरबाट बचाउनु उनको जिम्मेवारी हो।

कुुनै पनि अनलाइन साइटको पूर्वाधारमा आउने जोखिमबाट बचाउने र भविष्यमा त्यो घटना फेरि हुन नदिन त्यसबारे अध्ययन गर्ने काम हुन्छ ह्याकरको। यो दुई किसिमको हुन्छ– इथिकल ह्याकिङ र अनइथिकल।

अनुमति लिएर गर्नेलाई इथिकल ह्याकिङ भनिन्छ भने कसैको स्वीकृति बिना व्यक्तिगत वा व्यवसायिक डाटा चोर्न खोज्नुलाई अनइथिकल ह्याकिङ भनिन्छ।

इथिकल ह्याकिङमा कम्पनीले स्वयम् ह्याकर राखेका हुन्छन्। ताकि सबै जानकारी सुरक्षित राख्न सकियोस्। ऐश्वर्या इथिकल ह्याकिङका तिनै कर्तव्य पूरा गर्छिन्।

एक महिला ह्याकर हुनु हाम्रो समाजका लागि आज पनि नौलो विषय हुन सक्छ। तर उनका लागि सानैदेखिको सपना पूरा हुनु हो।

घरको वाइफाइ बिग्रियोस् मा अन्य सामग्री, बनाउन मै अघिअघि सर्थेँ उनले सम्झिँदै भनिन्,मेरो रूचि देखेर त परिवारले आफ्नो मोबाइल बिग्रियो भने पनि मलाई नै बनाउन दिनुहुन्थ्यो।ु

रूचि भए पनि ऐश्वर्यालाई यसमै भविष्य कसरी बनाउने भन्ने अलमल थियो। कोडिङका लागि छुट्टै पढाइ हुन्छ भन्ने उनलाई थाहा थिएन। १२ कक्षा पढेपछि आइटी विषय पढेर धेरै काम गर्ने अवसर पाइन्छ भन्ने थाहा पाइन्। बल्ल उनको अलमल सुल्झियो।

२०७२ सालमा उनी इस्लिङ्टन कलेजमा ुनेटवर्क र आइटी सेक्युरिटीुमा स्नातक गर्न भर्ना भइन्। स्नातकको दोस्रो वर्षमा उनी कलेजको आइटी डिपार्टमेन्टमा इन्टर्नका रूपमा काम गर्न थालिन्।

बिस्तारै एक साइबर सेक्युरिटी कम्पनी हुँदै अहिले उनी बैंकका लागि इथिकल ह्याकरका रूपमा काम गरिरहेकी छन्।

ऐश्वर्याका अनुसार साइबर सेक्युरिटीभित्र पनि थुप्रै विधा हुन्छन्। जस्तै, नेटवर्क सेक्युरिटी, मोबाइल सेक्युरिटी र वेब एप्लिकेसन सेक्युरिटी। ऐश्वर्याको काम वेब एप्लिकेसन सेक्युरिटी हो।

ुयो केही वर्षमै सिक्न सकिने काम होइन। हरेक पटक काम गरेपछि नयाँ कुरा सिक्न पाइन्छ,ु उनले भनिन्, ुह्याकिङ किताबमा रहेको कुराभन्दा धेरै ठूलो छ। त्यसैले यहाँ डिग्री लिएर मात्र हुँदैन। कामको अनुभवले धेरै महत्व राख्छ।ु

ह्याकिङ जसले पनि गर्न नसक्नुको कारण यही हो। यो क्षेत्रमा काम गर्न सक्नेलाई धेरै अवसर छन्। नेपालको सन्दर्भमा साइबर सेक्युरिटीबारे बैंकहरू बढी सचेत रहेको देखिन्छ। यही कारण बैंक र थुप्रै सेक्युरिटी कम्पनीले ह्याकरलाई काम दिइरहेका उनले जानकारी दिइन्।

यसबाहेक ह्याकरले थुप्रै ह्याकिङ प्रतिस्पर्धामा भाग लिन सक्छन् जसबाट बाहिरी देश पनि घुम्न पाइन्छ। सन् २०१९ मा गुगलले आयोजना गरेको ुगुगल सि।टि।एफ २०१९ु नामक ह्याकिङ प्रतिस्पर्धामा ऐश्वर्या पनि चुनिएकी थिइन्। त्यस क्रममा उनले लन्डन घुम्ने अवसर पाइन्।

युवामाझ ह्याकरलाई ुकुलु रूपमा हेरिने भएकाले ह्याकिङ धेरैको आकर्षणमा पर्न थालेको छ। ह्याकर शब्दबाट आकर्षित भएरै यतातिर लाग्ने युवा संख्या धेरै भए पनि बाहिरबाट हेर्दा जति ुकुलु देखिन्छ, काम गर्दा उत्तिकै गम्भीर हुनुपर्ने ऐश्वर्या बताउँछिन्।

ुइन्टरनेटमा ग्राहकको व्यक्तिगत डाटा चोरी हुने सम्भावना धेरै हुन्छ। कसैले जथाभावी प्रयोग गर्ने डर पनि। यसले कम्पनीलाई आर्थिक रूपमा मात्र घाटा नभई, बदनाम हुन सक्छ। सानो गल्तीले कम्पनीसहित ठूलो संख्यामा ग्राहकलाई असर पुग्न सक्छ,ु उनले भनिन्।

त्यस्तै ह्याकर भएपछि दिनरात नभनी खटिनु पर्ने उनको भनाइ छ। तै पनि आफूलाई मन पर्ने काम भएकाले उनी निकै रमाउँछिन्।

यो काममा ुसफ्टवेयर बगु फेला पार्न सकियो भने सबभन्दा खुसी लाग्ने उनले बताइन्। सफ्टवेयर बग कम्प्युटर प्रोगाममा हुने त्रुटिलाई भनिन्छ, जुन प्रोगामको डिजाइन वा स्रोतमा हुने गल्तीका कारण उत्पन्न हुन्छ।

यी बग फेला पार्नु एक ह्याकरका लागि ठूलो कुरा हुन्छ। ऐश्वर्याका अनुसार इन्टरनेटमा अनलाइन व्यवसाय वा सुरक्षामा कयौं कमजोरी भेटिन्छन्। ती त्रुटिको दुरुपयोग नगरी आधिकारिक रुपमा खुलासा गरेर सावधान गराउनु एक इथिकल ह्याकरको जिम्मेवारी हुन्छ। यस्ता बग भेटाएबापत ह्याकरलाई पुरस्कृत गरिन्छ।

अहिले विश्व नै डिजिटल भइरहेका समयमा यस्ता थुप्रै अनलाइन जोखिम बढ्दै गएको ऐश्वर्या बताउँछिन्। अहिलेको अवस्थामा सबैजना इन्टरनेटमै संलग्न छन्। यसले गर्दा हाम्रो व्यक्तिगत जानकारी पनि डिजिटल भएको छ।

यस्तो बेला आफ्नो सुरक्षाका बारेमा सचेत रहन निकै जरुरी छ सुझाउँछिन्,हामीले जस्तोसुकै लिंक खोल्नु हुँदैन। एउटै पासवर्ड धेरै एकाउन्टमा प्रयोग गर्नु हुँदैन। सार्वजनिक वाइफाइ प्रयोग गर्नु हुँदैन। कुनै पनि एप्लिकेसन खोल्नुअघि त्यो बारेमा बुझ्नु पर्छ। केही भएर आफ्नो इमेलमा कुनै पनि अनलाइन एकाउन्ट ह्याक भयो भने पासवर्ड परिवर्तन गरिहाल्नु पर्छ।ु

साइबर सेक्युरिटीमा बढ्दै गएको जोखिमबाहेक ऐश्वर्यालाई नेपाली ह्याकिङ क्षेत्रमा महिलाको संलग्नता निकै कम रहेको कुराले पनि पिरोल्छ। विश्वव्यापी साइबर सुरक्षामा महिलाको प्रतिनिधित्व २० प्रतिशत मात्रै रहेका बेला नेपालमा महिला ह्याकरको संख्या औंलामा गन्न मिल्ने छ।

ुपहिलो कुरा त यहाँ आइटी विषय पढ्ने केटीको संख्या नै थोरै छ। म आफैं कलेज पढ्दा कक्षामा मसहित दुई(तीनजना मात्र केटी थियौं,ु ऐश्वर्या भन्छिन्, ुकलेजमा इन्टर्न गर्दा म एक्लै थिएँ। अहिले काम गर्ने ठाउँमा पनि एक्ली महिला ह्याकर हो।ु

उनलाई एक्लै केटी भएर काम गर्न कहिल्यै अप्ठ्यारो लागेन। बरू केटाहरू उल्टै उनलाई देखेर अच्चम मान्थे रे।

एकपटक उनी आफ्ना एक पुरुष सहकर्मीसँग काममा जाँदा उनलाई बेवस्ता गरेछन्। आफ्ना अर्का सहकर्मीसँग मात्र बोल्न खोजे। यस्तो अनुभव उनका लागि अचेल सामान्य भइसक्यो। काम गर्दै गएपछि मात्र मान्छेले उनलाई बुझ्छन्।

ुसुरूमा भेट्ने मान्छेले केटी देखेर कामबारे बोल्न नखोज्ने घटना अचेल केही लाग्दैन,ु उनले सुनाइन्, ुयो क्षेत्रमा ह्याकरका रूपमा महिला आकृति सोच्नु परको कुरा, महिला ह्याकरले काम पाउन पनि आफ्नो क्षमताको विश्वास दिलाउनु पर्छ।ु

उनलाई प्रायःले ह्याकर मात्र नभनी ुलेडी ह्याकरु भनेर संबोधन गर्छन्, जुन उनलाई चित्त बुझ्दैन।

ुह्याकरलाई ह्याकरै भनेर चिनिन्छ। केटीका लागि अगाडि छुटै ुलेडीु शब्द किन आउनु पर्नेरु,ु उनी प्रश्न गर्छिन्, ुअचेल त मैले प्रतिवाद गर्नै छाडीसकेँ। बुझ्नेले यसै बुझिहाल्छन्, नबुझ्नेका अगाडि हाँसेरै टारिदिन्छु।ु

अब उनको उद्देश्य नेपालको प्रविधि क्षेत्रमा महिलाको सहभागीता बढाउनु बनेको छ। अनलाइन कार्यक्रम सञ्चालन गरी यस क्षेत्रबारे ज्ञान नभएका वा भर्खर सिक्न थालेका किशोरीलाई सहज पारिदिने काम उनी गर्छिन्।

सुरूमा केही महिला आफैं प्रविधि विषय गाह्रो हुन्छ भनेर पढ्न खोज्दैनन्। त्यो गलत हो,ु उनले भनिन्, ुकेटाले पढ्न र गर्न सक्ने कुरा केटीले पनि गर्न सक्छन्। अलिकति चासो र इन्टरनेटमा खोजबिन गर्न सकियो भने यहाँ धेरै अवसर पाउन सकिन्छ।ु

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ,   परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छगत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले...

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९