बौनियाँ कैलाली/कैलालीमा कालो भेरीले टोक्दा तीन जना घाइते भएका छन् ।आज दिउँसो बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी निवासी चित्र बहादुर ओली, सोही गाउँका नाम नखुलेका एक युवा र अन्दाजी ६५/७० वर्षीय बृद्ध आमालाई भेरीले टोक्दा घाइते भएको अनमोल अनलाईन टेलिभिजनलाई एक स्थानिय बासिन्दाले घटना स्थल बाट फोन गरेर हामीलाई जानकारी दिएका हुन् ।
घाइतेको बर्दगोरीया अस्पतालमा उपचार भैरहेको छ । ओलीलाई कालो भेरीले १०० भन्दा धेरै भेरिले मुख, टाउको र शरीरमा टोकेको अस्पतालले बताएको छ । घरबाट बौनियाँ बजार जाने क्रममा उनलाई कालो भेरीले टोकेको हो ।
कालो भेरीबाट घाइते बनेका ओली नाम नखुलेकी बृद्ध आमा एक स्थानिय युवाको बारेमा जानकारी लिन अस्पतालमा हाम्रो टिम पुगे पछि ओलीले भने हामी बजार जाने भनेर जाँदै थियौं पहाडमा पानी परी रहेको थियो कुईरा नदीमा पुग्दा अचानक नदी आइरहेको थियो अचानक एक युवा उता बाट दौडँदै आउँदै थिए उनीले नदीमा हाम फाले उनीलाई बचाउन नजिक जाँदै थियौं ।
उनीलाई भेरीले लखेटी रहेको रहेछ उनिको पछाडि हजारौं भेरी थिए उनी नदीमा हाम फालेर डुबे म नजिकै एक बुढी आमा थिइन् उनीलाई बचाउन महिले लगाएको सट अन्दाजी ६५/७० वर्षीय आमालाई ओडाउँदै थिए उडि रहेका भेरीले मलाई आक्रमण गरे बुढी आमालाई पनि भेटीले टोक्यो नदी पारी पट्टी जाऊ भने नदीले बगाउने डर गाउँमा जाऊ भने अन्य गाउँका आमा,बुबा,दाजु भाई दिदी बहिनीहरूलाई टोक्ने हुन् कि भने डर नदी घट्ला बौनिया पुगौला भने आशा थियो।
नदी घट्ने आशमा २ घण्टा ४५ मिनट बितिसकेको थियो अचानक यो घटना भए पछि मनमा कुरा खेल्न थाल्यो यो नदीमा पुल भएको भए हिजो आज भोलि यो घटना त हुने थिएन चार चार जना सांसद भए सबैले पुल निर्माण गर्छौ भने आज तिनी नेताले किन जनतालाई झुटो आश्वासन दिए अब सबै जनताले एक भएर आवाज उठाउनु पर्छ ओलिले भने जब बच्चा रुन्छ तब मात्र आमाले दूध दिने भने भनाई सत्य कुरा भएको र अब हामी सबै मिलेर सडक अवरुद्ध गर्नु पर्ने ओलीले भने ढुङ्गा,बालुवा,गिट्टी,माटो,दाउरा,घास ,स्याउला ,घर बनाउने काठ जस्ता थुप्रै कुराहरु हामि सामु छ जसको प्रयोग बाट अरुले भरपूर लाभ लिए तर हाम्रो दैनिकी जिबन शैलीमा कुनै परिवर्तन आएन आफुलाई अगुवा सम्झने केहि सिमित मानिसहरु आफ्नो स्वार्थ तिर नै ब्यस्त रहेको बताए ।
पूर्व,पश्चिम,उत्तर , दक्षिण चारै तर्फबाट नदिले घेरेको छ नदीका काऱण नदीको छेउछाउमा घर भएका कयौ घरपरिवार बिस्तापित भए जसका कारण उनीहरु छिमेकी राष्ट्र भारतमा बस्दै आएका ओलीले बताएका हुन्।
स्थानीयका अनुसार नदी तर्ने क्रममा केही वर्ष पहिले मोहन्यालको चायभावरका झाँक्री कामी, सोही वडाका नाउटे ढोली स्थानीय एक बालक लगायत दर्जनौंको मृ्त्यु भइसकेको छ। बर्षेनी दर्जनौं मानिसहरूको मृत्यु हुँदा समेत कसैको ध्यान पुग्न नसकेको स्थानीयहरुको दुखेसो छ।
कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दगोरिया गाउँपालिका वडा नं ३को कुईरा नदीमा पुल निर्माण नहुँदा रानिकुण्डा,खैरेनी, बुटकौवा, मोहन्याल गाउँपालिकाको तल्ला पानी,चायाभावर,मूलेकारा,बडिकाथाई, लगायतका क्षेत्रका गाउँ जोड्ने सडक खण्डअन्तर्गत कुईरा नदीमा पुल निर्माण नहँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ ।
छिमेकी जिल्ला अछाम,हुँदै छिमेकी देश चीनको ताक्लाकोट नाका जोड्ने सेती लोक मार्ग सडक खण्डमा पर्ने कुईरा नदीमाथि मोटर चल्ने पुल नहँदा यहाँका हजारौँ स्थानीय मारमा परिरहेका छन् ।
यहाँ सडक निर्माण भएको ५० वर्ष बितिसक्यो तर अहिलेसम्म खोलामा पुल बन्न सकिरहेको छैन । वर्षायामका बेला मात्र नभई सामान्य वर्षा हुँदा खोला वारपार गर्न स्थानीयलाई निकै कष्ट भएको स्थानीय युवा नेपाल प्रवास स्वतन्त्र युवा संगठनका केन्द्रीय सचिव पुष्पराज गौतम बताउनुहुन्छ । जोखिम मोलैरै भए पनि यस क्षेत्रका स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता अहिलेसम्म कायमै छ ।
राष्ट्रिय गौरवको आयोजनाको स्वामित्वमा रहेको यस सडकमा मोटरेवल पुल निर्माणका लागि पटकपटक नापनक्सा भएपनि हालसम्म निर्माण कार्य शुरु नहुँदा नदीमा सामान्य पानीको बहाव बढ्दा सवारीसाधन आवतजावत गर्न कठिन हुने सवारी चालक बताउँछन् ।
यहाँ अन्य सडक नभएका कारण दैनिक कामकाज देखि लिएर अन्य विशेष काम, औषधि उपचार गर्नसमेत आवतजावत गर्न समस्या पर्ने गरेको छ । दैनिकजसो यही सडक भएर ५० भन्दाबढी सवारीसाधन गुड्ने गर्छन् ।