Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा तामा काट्न गएकी महिलाको खोलाले बगायर मृत्यु

बौनिया(कैलाली) । कैलालीमा जङ्गलमा तामाकाट्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको बर्दगरिया गाउँपालिका ३ कि अन्दाजी ५०/५२ वर्षीया नन्दकला रामजाली हुन ।

 

 

उनी घरायसी प्रयोजनका लागि तामा(तरकारी ) काट्न स्थानीय ३/४ जना महिलासंग मोहन्याल १ को बासपानी जंगलमा पुगेकी थिईन । उनको फर्किने क्रममा बासपानी खोलाको भेलले बगायर मृत्यु भएको वडा नम्बर ३ का वडा सदस्य टङ्क ओलीले जानकारी दिइन ।

 

बिहिवार तामा काट्न गएनी रामजाली फर्किने क्रममा खोलाको भेलले बगाएको र शुक्रबार शव फेला परेको स्थानीयले बताएका छ्न । उनका छोराहरु रोजगारीका लागि छिमेकी देश भारतमा छ्न ।

अविरल वषाका कारण बढेको खोलाको भेलले रामजालीलाई बगाएको हो । घटनास्थल बर्दगोरिया गाउँपालिको बौनिया बजारदेखि करिव ४ घन्टाको पैदल दुरीमा पर्छ । पछिल्लो समय बासपानी जङ्गलमा तामा काट्न जानेको बाक्लो भिड लाग्ने गरेको छ ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation