सोमवार, मंसिर २४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

लैङ्गिक हिंसा विरुद्ध धनगढीमा दीप प्रज्वलन 

धनगढी/लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्र्तगत १२ औं दिन सोमबार धनगढीमा दीप प्रज्वलन गरि मनाएको छ । धनगढी उपमहानगरपालिकाको आयोजना तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपालको सहकार्यमा अभियान सफल पार्न धनगढीमा लैङ्गिक हिंसा विरुद्ध दीप प्रज्वलन गरिएको बताइएको छ ।दीप प्रज्वलन कार्यक्रममा धनगढी उपहानगरपालिको महिला शाखा प्रमुख अनिता बुढा ऐर, सीएमसी नेपाल, जिल्ला प्रहरी कार्यालय कैलाली, माईती नेपाल, आरेक नेपाल, शान्ति पुनस्थापना गृह र राष्ट्रिय दलित समाज कल्याण संघका प्रतिनिधीले सामुहिक रुपमा दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा बोल्दै महिला शाखा प्रमुख अनिता बुढा ऐरले अहिले पनि समाजमा महिला माथि हुने हिंसा नरोकिएको बताईन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सबै एक भएर आवाज उठाउनु पर्ने उनल े बताईन । 

 

सीएमसी नेपालका एभन श्रेष्ठले लैङ्खिक हिंसा विरुद्ध समाजमा जनचेतना जगाउनु पर्नेमा जोड दिए । महिला माथि परम्परागत सोचकै कारण अहिले पनि विभिन्न खाले हिंसा भइरहेको अवस्या छ । लैङ्गिक हिंसा विरुद्ध सबैले बोल्नुपर्ने समय आएको उनले बताए । 

दीप प्रज्वलन कार्यक्रममा सहभागी पाटन बैतडीकी भुवी बिष्टले अभियानमा सहभागी हुन पाउदा खुसी लागेको बताईन् । अँध्यारोको विरुद्ध दीप जलाए जस्तै लैङ्खिक हिंसा अन्त्य गर्न सकारात्मक सोच आवश्यक रहेको भन्दै पहाडमा महिला माथि धेरै हिंसा हुने गरेकोले महिलाहरुले विभिन्न खाले सामाजिक समस्या झेल्नु परेको उनले बताईन । 

 

सीएमसी नेपालका कैलाली जिल्ला मनोसामाजिक परामर्शकर्ता धनराज विकले अभियान सफल पार्न र धेरै भन्दा धेरै सुचना समाजमा पुगाउनको लागि धनगढीको पार्कमोडमा सहायता कक्ष स्थापना गरिएको जानकारी दिए । सामाजिक विकास मन्त्रालय, सेती प्रादेशिक अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र, युएनएफपिए, आइपास सीएमसी नेपाल लगायतका संस्थाहरुले सहायता कक्ष संचालन गरेको उनले बताए । सहायता कक्षमा मनोपरामर्शकर्ताको व्यवस्था गरि मनोपरामर्श सेवा समेत दिने गरेको विक बताउछन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation