Baigyanik Media

Advertisment

SKIP THIS

रानीकुण्डामा उज्यालो टोल विकास संस्थाले गर्यो सरसफाई 

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाँउपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको उज्यालो टोल विकास संस्थाले आ–आफ्नो टोलहरुमा जनचेतना अभिवृद्धि जगाउने कार्यक्रम गरेको छ ।बर्दगोरिया गाँउपालिका वडा नम्बर ३ उत्तर रानीकुण्डा टोलमा रहेको उज्यालो टोल विकास संस्था दक्षिण सिचाई आयोजना, उत्तरमा जङ्गल,पश्चिममा प्रतिटोल र पूर्वमा रानीकुण्डा भक्त बहादुर बन्तोलाको घर सम्मको सँयुक्त रुपमा गठित उज्यालो टोल विकास संस्थाले वैधानिकता प्राप्त गरेको एक हप्ता मै आफ्नो मातहतको टोलहरुमा सरसफाई कार्यक्रम गरेकाे हो । सरसफाई कार्यक्रम गर्ने भनी निर्णय भए अनुसार सरसफाई कार्यक्रम गरिएको हो ।सरसफाई टोलीले शिव मन्दिर परिसरमा सरसफाई गरेको छ भने संस्थाको कार्यक्षेत्र भित्र रहेका टोलमा गएर सडकमा रहेका बाँधिएका गाई, भैंसी, बाख्रा बंगुर, तथा सडकखण्डमा राखिएका ढुङ्गा,गिट्टी र बालुवा हटाउन सात दिने सूचना जारी भएको एक हप्ता पछि उज्यालो टोल विकास समितिका अध्यक्ष टीकाराम साउँदले भने सडक सार्बजनिक सबैको सम्पति भएकाले सडक छेउछाउमा सर सामान राख्नु भनेको दुर्घटना निम्तिनु हो भनेर सबै टोलका आमा बाबु दाजु भाई दिदी बहिनीहरूमा अनुरोध गरेका थियौ हाम्रो सस्थाको अनुरोध मानेर संस्थालाई सहयोग गर्नुभएकोमा सम्पूर्ण गाउँ टोलका आमा, बाबु, दाजु भाई दिदी बहिनीहरूमा धन्यवाद दिन चाहन्छु साउँदले भने हामीले गाउँ टोल विकास भए मात्र देशको विकास हुने समेत भने अध्यक्ष साउँदले बताउनु भएको हो ।सरसफाई कार्यक्रममा बर्दगोरिया गाउँपालिका न्यायिकपालिका सदस्य तथा वडा न ३ का वडा सदस्य टंकराज ओलीको प्रमुख आतिथ्यता तथा रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लालसिह विश्वकर्माकाको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली काँग्रेस बर्दगोरिया गाउँपालिका वडा नं ३ का पार्टी वडा सभापति नन्दराम बिष्ट, एकीकृत समाजवादी बर्दगोरिया गाउँपालिका वडा नं ३ का पार्टी अध्यक्ष कमल जोशी,समाज सेवी भिम बहादुर बुढा, बर्दगोरिया गाउँपालिका वडा नं ३ का युवा तथा वडा कार्यालय सहयोगी रवि जनाला र युवा दानबहादुर विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रम उज्यालो टोल विकास संस्थाका अध्यक्ष टीकाराम साउँदको अध्यक्षतामा भएको हो ।

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation