बिहिबार, फाल्गुन १७, २०८०

लालीगुराँस सामुदायिक बन उपभोक्ता समुहको छैटौं बार्षिक साधारण सभा सम्पन्न

बौनियाँ कैलाली । कैलालीको बर्दगोरिया वडा नम्बर ३ स्थित श्री लालीगराँस सामुदायिक वन उपभोक्ता समुहको छैटौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।मंगलबार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भीम वहादुर कुवँरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिकाका वडा नं ३ का वडा अध्यक्ष करर्ने सुनार रहनु भएको थियो । प्रमुख अतिथि आसनबाट बोल्दै अध्यक्ष सुनारले यसो भने हेर्नु होस यो भिडियो सहित

 

  यस्तै बिशिष्ट अतिथिमा सब डिभिजन बन कार्यालय रामपुरका प्रमुख कृष्ण बोहरा, बर्दगोरीया गाँउपालिका कार्यपालिका सदस्य कोकिला खत्री रहनु भएको थियो ।लालीगराँस सामुदायिक बन उपभोक्ता समुहका उपाध्यायक्ष  मन ऋषि आचार्यको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा रानिजरुवा सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्मा, दानुवाफाटा नमुना सामदायिक वनका अध्यक्ष टेक राज जोशी, जगदम्विके  भगवती मा.वि. का प्र अ नेत्र बाहादूर खड्का, न्यू लालिगुराँस ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष लोकेन्द्र न्यौपाने, राम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष शिवराज गौतम, साइनिङ्ग स्टार युबा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश बि.क लगाएतका व्यक्तिको सहभागिता रहको थियो।कार्यक्रममा आर्थिक बर्ष २०७६/०७७ को १० लाख  ११ हजार ५ सय ३२ रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ को १५ लाख ६७ हजार ७ सय ३० रुपैयाँ बराबको आयव्यय सामुदायिक वनका कार्यालय सचिव यज्ञराज वान्तोलाले प्रस्तुत गरेका थिए ।सो सामुदायिक वनमा हालसम्म बर्दगोरिया गाँउपालिका वडा नम्बर ३,५,१ र ६ गरी १ हजार ८० जना उपभोक्ता रहेका छन् ।कार्यक्रमको संचालन सामुदायीक वनका सह- सचिव भेषराज जोशी गरेका थिए । कार्यक्रम सामुदायिक वनको प्राङ्ग्रण सम्पन्न भएको हो ।

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation