आज हरितालिका तिज: संस्कृती र तडकभडक

कैलाली/हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज हाम्रो नजिकिदै छ । तिज नजिकिएसंगै सबै नारीहरु खुसीले फुरुंग देखिन्छन । आफ्नो नजिकैका छिमेकी दिदिबहिनीहरुसंग माइत जाने सल्लाह गर्ने गर्दैछन । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

 

यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै स्थानमा पनि मनाइन्छ । भनिन्छ, भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म विवाहित हिन्दु नारीहरूले पनि आफ्नो श्रीमानको दिर्घायुको कामना सहित व्रत बस्ने गर्दछन भने अविवाहित चेलीहरुले राम्रो श्रीमान पाउँ भनी व्रत बसी यो पर्व मनाउदै आएका छन् ।

 

तिजमा विवाहित नारीहरु माइत जाने गर्दछन् भने काम विशेषले या भनौं अध्ययन अथवा जागीरको शिलशिलामा घरदेखि टाढा रहेका नारीहरु सकेसम्म आ आफ्नो घरमा जाने गर्दछन । तिजमा भएसम्म नयाँ नयाँ कपडा, गरगहना लगाएर श्रृंगारपटार गरेर सुन्दर हुने चलन परम्परादेखि चलि आएको छ । तिजको अघिल्लो दिनमा सबै चेलिबेटि आफ्नो माइतीमा जम्मा भई अबेर रातिसम्म दर खाने र नाचगान गर्ने चलन पनि रहिआएको छ ।

तिजको दरमा विशेष गरेर घ्यु राखेर पकाएको भात, कांक्राको अचार, गाभा, तामा, चिचिन्नोको तरकारी, आलुको अचार लगायतका परिकारहरु बनाएर खाने गरिन्छ र भोली पल्ट तिजको दिनभर ब्रत बस्ने र साँझ भगवान शिवजीको पुजाआज गरी दहिकेरा खाने चलन छ । तर पछिल्लो समय तिज पर्वमा पनि केहि बिकृतीहरु भित्रिएका छन । तिजको दर खाने नाममा एक महिना अघिदेखि महिलाहरु महंगा होटल, पार्टि प्यालेसहरुमा जम्मा भई पुलाउ मासु, रक्सी लगायतका परिकारहरु खाने, महंगा महंगा कपडा , गहना लगाउने चलन पनि भित्रिएको छ ।

या भनौं तिजलाई कतिपय दिदिबहिनिहरुले आफुसंग भएका गरगहना देखाउने पर्वका रुपमा पनि लिने गरेको जस्तो देखिन्छ । जस्ले गर्दा मध्यम र न्युन आय भएकाहरुका लागी यो तिज निल्नु न ओकेल्नु भएको छ । जस्ले गर्दा कतिपय दिदिबहिनीहरुका लागी पहिले पहिले तिज कहिले आउला र माइत गएर रमाइलो गरौंला, आफ्ना मनका बेदना गित मार्फत पोखौंला भन्ने हुन्थ्यो तर अहिले आएर यो पर्व नआए पनि हुन्थ्यो भन्ने जस्तो पनि भएको छ ।

आफ्ना वरीपरीका उच्च आय भएका दिदिबहिनीहरुको सिको गर्न खोज्दा कतिपय परिवारहरुमा विखण्डन आएको छ । आफुसंग नहुँदा नहँदै पनि देखासिकि गरी क्रृण काढेर महँगा कपडा र गहना किनेर लगाउँदा धेरै जसो परिवारमा जिवनभर तिर्न नसकिने गरी क्रृणको भारी बोक्नुपर्ने बाध्यता छ । समाजका ऐनाका रुपमा रहेका केहि व्यक्तित्वहरुबाट नै यस्तो प्रकारको बिकृती भएको देख्दा समाज परिवर्तन हुने सपना सपनामा नै सिमित हुने हो की प्रश्न उठेको छ ।

एक दिनमा मात्रै सबैकहाँ गएर रमाइलो गर्न भ्याइदैन त्यसैले साथीभाई , दिदिबहिनीहरु समय मिलाएर बिदाको दिनमा जम्मा भएर सौहार्दपुर्ण वातावरणमा दर खाने र रमाईलो गर्नु पनि राम्रै हो । कहिले कस्को कहिले कस्को घरमा जम्मा हुदा र रमाईलो गर्दा अझ बढि आत्मियता बढ्ने गर्दछ । तर यसको नाममा तडक भडक सहित होटल, पार्टि प्यालेसहरुमा दर खानु चाहिँ बिकृती नै हो । यसलाई परिवर्तन गर्ने जिम्मा हाम्रो हो । तिजमा विशेष गरेर गाउने र नाच्ने गरिन्छ । जसमा बिवाहित छोरीहरुले एक वर्षमा एक पटक माइत गएर आफुले घरमा सहनुपरेको पिर बेदनालाई गित मार्फत सुनाउने चलन थियो तर हिजो आजका तिज गितमा तिज गितको भन्दा पनि रत्यौली गितको गन्ध बढि आउने गरेको जनगुनासो बढ्न थालेको छ ।

हिजोआजको समय भनेको बजारमा पुरुषको तुलनामा महिलाको संख्या बढि हुने समय हो यो कुरालाई लिएर यीनी आईमाईहरुलाई एक महिना अगाडी देखि तिज लाग्या छ , यिनिहरुलाई केहि चलाउन सकिदैन भन्दै व्यंग्य गर्ने कतिपय पुरुष साथीहरुले साच्चिकै भन्ने हो भने तिज महिला भन्दा बढि पुरुषहरुलाई लागेको देख्नुहुन्छ की हुन्न ? तिज गितहरुमा महिला भन्दा धेरै आफुहरु नाच्ने गरेको थाहा पाउनु हुन्छ की हुन्न ? साथीभाईहरु जम्मा भएर दरको रुपमा अन्य परिकारहरु खाने गरेको स्विकार्नुहुन्छ कि हुन्न ? वास्तवमा समृद्ध समाज निर्माणका लागी महिला र पुरुषको बराबर सहभागीता हुन जरुरी छ ।

जब सम्म हामीले एकले अर्कालाई सम्मान गर्न सक्दैनौं तब सम्म समृद्ध समाज निर्माणको काम भाषणमा बढि व्यवहारमा कम हुन्छ । धार्मिक मान्यताका साथै नारीलाइ अगाडि बढाउन सहयोग गर्ने चाड तिजलाइ हामि सबैले सभ्य र भव्य तरिकाले मनाउन आवश्यक पनि छ । नारी भित्रका आवाजलाइ बाहिर निकाल्न शाहस दिलाउने यो चाडले नारिलाइ अगाडि बढाउन पनि उत्तिकै सहयोग गरेको पाइन्छ । तसर्थ तिजबाट राम्रा कुराहरु टिपेर आफुले आफनो जिम्मेवारी नविर्सिकन अगाडि बढ्नुपर्छ ।

हामिले हाम्रो रितिथितिलाइ कायम राख्दैै , संस्कृतिमा धनि नेपालमा कुनै आँच आउन नदिऔ, तीजलाई उत्ताउलो तथा भड्किलो पर्वको रुपमा सिर्जना गर्नुहुदैन । हाम्रो सस्कृति बिकृत हुँदा समाजका धेरै पक्षहरु खलबलीन पुग्छन् । यसो लेखिरहँदा सस्कृतिमा सुधार आवश्यक छैन् भन्ने चाहि होइन । संस्कृति भित्रका नराम्रा कुरालाइ सुधार गर्दै लानु पर्दछ । जसले सुन्दर समाज र्निमार्ण गर्न सकियोस । उपबासका नाममा कतिपयले ज्यानै गुमाएको, अनेक दुखकष्ट पाएका देखेका छौ ।

शास्त्रले नै बालक, वृद्व, रोगी र अशक्तलाइ छुट दिएको हामी बुझदैनौ । हामी अध्ययन मनन भन्दा लहैलहैमा लाग्छौ । यो तिजले हामीलाइ यसतर्फ मनन गर्ने शक्ति देओस । तिज महिलाले आफना दुःख पिडा बिसाउँदै नाचगान गरि रमाइलो गर्ने पर्व हो । तिजको मर्यादा, परम्परा माथि आज अतिक्रमण भएको छ । सस्तो लोकप्रियता र व्यवसायीकताको नाममा तिज पर्वमा गाइने गीतमा विकृति छाएको छ । हाम्रोमा समय सन्र्दभ अनुसार गीत गाउने चलन छ ।

आजभोली रतौलि,मायाप्रेमका जस्ता गीतलाइ तिज गीतका रुपमा प्रस्तुत गरिएको छ । जसले गर्दा सदियौ देखि हाम्रा पुर्खाले हामीलाइ सुम्पीएको यो तिज पर्वलाइ यसको गरिमा, मयार्दा सहित आउदो पुस्तालाई हस्तान्तरण गर्न नसकिने होकि भन्ने चिन्ता व्याप्त छ । यसका लागि सम्बद पक्षहरु गम्भीर बनुन । क्षणिक लाभ हानी भन्दा पनि दिर्घकालीन रुपमा व्यक्ति, समाज र राष्ट्रलाई कशरी फाइदा हुन्छ । सस्कृतिमा समुन्नत मानिएको हाम्रो अस्थित्ब,गरिमा,मर्यादा कशरी उचो बनाउन सकिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित गर्न यस बर्षको तिजले पे्ररणा देओस । तिज पर्वको सबैमा हार्दिक शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९