“सकिन्छ संस्कृति बचाउ,सकिँदैन विकृति नबढाउ!!!!”कैलाली—तिहार नेपालीका निम्ति सबैभन्दा धेरै नाचगान, फूलमाला पहिरिएर मनाइने रमझमपूर्ण चाड हो । प्रकृति, पशु, पंक्षीसमेतको पूजाआजा हुने आदिम संस्कृतिमध्ये एक मानिन्छ । यो चाडमा मादल, बाँसुरी, खैजडीजस्ता लोकबाजाहरु बजाएर प्रत्यक्ष गीत गाउने, बलिराजा, रामायण, महाभारतको गाथा भट्टाएर देउसी खेलिन्छ ।तर पछिल्ला दशकमा परम्परागत चाडप्रति युवा पुस्ताको चासो घट्दो पाइएको बताउँछन् । यसमा विकृति देखिएका छन्।
परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सहज रुपमा पुस्तान्तरण हुने प्रक्रिया हो । तर, परम्परागत नाचगान धान्ने काम कलाकारितामा संलग्नले मात्र धान्नु पर्ने स्थिति आएको विज्ञहरु बताउँछन् । देउसी भट्टयाउने रम्बाइन केही शब्दमा सीमित छ । त्यसैगरी मादल बजाउने तरिकाबारे अनभिज्ञ छन् । झ्याम्टा, खैजडी, बाँसुरी जस्ता बाजा बजाएर मनोरन्जन लिने, दिने गरिन्छ । देउसी दिउँसो र राति दुवै समय खेलिन्छ ।
विगत दुई दशकदेखि कैलालीको मोहन्याल गाउँपालिका र लम्कीचूहा नगरपालिकामा देउसी खेल्दै आउनु भएका शान्ति मावि फलेविसौउनाका शिक्षक मान बहादुर बुढाका अनुसार युवाहरुको आकर्षण घटेको सुनाए । अहिले परम्परागत देउसीप्रति युवाहरुको चासो र सहभागिता घटेको छ ।’विज्ञान प्रविधिले नयाँ ग्याजेट आएपछि पुराना कुरा बिगारेको बताउँछन्, ‘अहिले देउसी भैलो हाइब्रिड जस्तै भएको छ,’ तिहार र देउसी ओल्लो गाउँ, पल्लो गाउँ टोललाई सांस्कृतिक रुपमा जोड्ने चाड भएको उल्लेख गर्दै उहाँले भनु हुन्छ, ‘मूल कुरा समयले परिवर्तन ल्याउँछ । हरेक कुरा प्रविधिमै खोज्न थालियो ।’ परम्परागत बाजागाजाहरु बजाउने समुदायले समेत परम्परालाई बोझका रुपमा लिने गरेको उनी सुनाउँछन् ।‘नयाँ पुस्ताले नयाँ कुरा खोज्दा पुराना कुराहरु त्याग्न थाले,’ आफ्नो टोल छिमेकमा खेलिएका देउसीबारे टिप्पणी गर्दै शिक्षक बुढा भन्छन्, ‘ हरेक कुरा छिटो खोज्ने गरेको देखियो । दुई तीन मिनेट देउसिरे भन्ने अनि आशिष दिन नपाउँदै साउन्डसिस्टममा गीत घन्काएर नाच्ने गरेका छन् ।’ परम्परागत देउसीमा लामो लेग्रो तानेर रम्बाइन भट्टाउने, मादलको ताल र नाच्नेको गोडाको चाल उस्तै गरी ढिलो गरी चालिने उनी सुनाउँछन् ।
प्रविधिको विकासले समाजमा आएको परिवर्तनको प्रभावलाई धेरै टिप्पणी गर्नै नपर्ने बताउँछन् । ‘समयको परिवर्तनले समाजमा थामि नसक्नु परिवर्तन आएको छ,’ यसबारे सामाजिक बहसको जरुरी रहेको उनी सुनाउँछन् ।
देउसी भैलो खेल्दै आउनु भएका स्थानिय फलेविसौउनाका टेकराज भारती भनु भयो परम्परागत चाडमा अधिकारवादी बुढापाकाहरु पुस्ता सहभागी रहेको उल्लेख गर्दै उनले भने, ‘तिहार सामाजिक सद्भावको चाड बनेको छ । तर, दशदेखि बीस वर्ष उमेर समूहका पुस्तामा देउसीको आकर्षण घट्दो पाइयो । खेलेका मध्येपनि अधिकांशले परम्परागत रुपमा देउसी भैलो खेल्न छाडिसकेका कम्तिमा ‘भन भन भाइ हो देउसी रे’ भाका भट्टाउन जान्नु पर्ने हो । त्यो चलनमा कमी देखियो । फेसबुक, युटुब हेरेर एक्लै रमाउने गर्दारहेछन् ।’ बजारमा जस्तोसुकै गीत पाइने र मोबाइलबाटै बजाएर नाच्ने गरेको माइलाको कथन छ । जसले गर्दा युवा पिढीले लोकबाजा बजाउन बिर्सिएको बताए ।
मगर समुदायमा बलिराजाको कथा हालेर देउसी भैलो खेल्ने गर्दछन् । ‘हामी बलिहाङका सन्तान हौं,’बुढि आमका स्थानिय देव बहादुर रानामगर भन्छन्, ‘मौलिक संस्कृति परम्परा जोगाउने प्रयासमा छौं । युवा पुस्तालाई संस्कृति परम्पराबारे गलत मिथक कथालाई सच्याउँदै अघि बढाउँदै छौं ।’
जोशीपुर गाउँपालिका शिक्षा शाखा प्रमुख संग्राम सिंह धामी भनु हुन्छ सहरमा प्रशासनले राति आठ बजेपछि देउसी खेल्न नपाइने समय सीमा तोकिदिएको छ । त्यसो हुँदा रातभरि देउसी खेलेर दु:ख गर्नु पनि परेन । सुख सुविधाले लोक परम्परा मासिदो छ । गाउँघरमा समेत प्रविधिको विस्तारले गर्दा परम्परागत देउसी भैलो खेल्ने चलन पातलिएको बताइन्छ । अर्कोतर्फ परम्पराप्रति छलफल, प्रशिक्षणजस्ता पुस्तान्तरणका प्रक्रियाहरु नअपनाइएकाले आकर्षण घटेको जनाइएको छ ।हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सम्पत्ति हो र यसलाई जोगाउन लागि आजैबाट पहल गर्न आवश्यक देखिन्छ। (भिडियो सहित हेर्नुहोस्)