देउसी-भैलीको परम्परा बचाउदै बुढापाखा (भिडियो सहित हेर्नुहोस्)

“सकिन्छ संस्कृति बचाउ,सकिँदैन विकृति नबढाउ!!!!”कैलाली—तिहार नेपालीका निम्ति सबैभन्दा धेरै नाचगान, फूलमाला पहिरिएर मनाइने रमझमपूर्ण चाड हो । प्रकृति, पशु, पंक्षीसमेतको पूजाआजा हुने आदिम संस्कृतिमध्ये एक मानिन्छ । यो चाडमा मादल, बाँसुरी, खैजडीजस्ता लोकबाजाहरु बजाएर प्रत्यक्ष गीत गाउने, बलिराजा, रामायण, महाभारतको गाथा भट्टाएर देउसी खेलिन्छ ।तर पछिल्ला दशकमा परम्परागत चाडप्रति युवा पुस्ताको चासो घट्दो पाइएको बताउँछन् । यसमा विकृति देखिएका छन्।

परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सहज रुपमा पुस्तान्तरण हुने प्रक्रिया हो । तर, परम्परागत नाचगान धान्ने काम कलाकारितामा संलग्नले मात्र धान्नु पर्ने स्थिति आएको विज्ञहरु बताउँछन् । देउसी भट्टयाउने रम्बाइन केही शब्दमा सीमित छ । त्यसैगरी मादल बजाउने तरिकाबारे अनभिज्ञ छन् । झ्याम्टा, खैजडी, बाँसुरी जस्ता बाजा बजाएर मनोरन्जन लिने, दिने गरिन्छ । देउसी दिउँसो र राति दुवै समय खेलिन्छ ।

विगत दुई दशकदेखि कैलालीको मोहन्याल गाउँपालिका र लम्कीचूहा नगरपालिकामा देउसी खेल्दै आउनु भएका शान्ति मावि फलेविसौउनाका शिक्षक मान बहादुर बुढाका अनुसार युवाहरुको आकर्षण घटेको सुनाए । अहिले परम्परागत देउसीप्रति युवाहरुको चासो र सहभागिता घटेको छ ।’विज्ञान प्रविधिले नयाँ ग्याजेट आएपछि पुराना कुरा बिगारेको बताउँछन्, ‘अहिले देउसी भैलो हाइब्रिड जस्तै भएको छ,’ तिहार र देउसी ओल्लो गाउँ, पल्लो गाउँ टोललाई सांस्कृतिक रुपमा जोड्ने चाड भएको उल्लेख गर्दै उहाँले भनु हुन्छ, ‘मूल कुरा समयले परिवर्तन ल्याउँछ । हरेक कुरा प्रविधिमै खोज्न थालियो ।’ परम्परागत बाजागाजाहरु बजाउने समुदायले समेत परम्परालाई बोझका रुपमा लिने गरेको उनी सुनाउँछन् ।‘नयाँ पुस्ताले नयाँ कुरा खोज्दा पुराना कुराहरु त्याग्न थाले,’ आफ्नो टोल छिमेकमा खेलिएका देउसीबारे टिप्पणी गर्दै शिक्षक बुढा भन्छन्, ‘ हरेक कुरा छिटो खोज्ने गरेको देखियो । दुई तीन मिनेट देउसिरे भन्ने अनि आशिष दिन नपाउँदै साउन्डसिस्टममा गीत घन्काएर नाच्ने गरेका छन् ।’ परम्परागत देउसीमा लामो लेग्रो तानेर रम्बाइन भट्टाउने, मादलको ताल र नाच्नेको गोडाको चाल उस्तै गरी ढिलो गरी चालिने उनी सुनाउँछन् ।

प्रविधिको विकासले समाजमा आएको परिवर्तनको प्रभावलाई धेरै टिप्पणी गर्नै नपर्ने बताउँछन् । ‘समयको परिवर्तनले समाजमा थामि नसक्नु परिवर्तन आएको छ,’ यसबारे सामाजिक बहसको जरुरी रहेको उनी सुनाउँछन् ।

देउसी भैलो खेल्दै आउनु भएका स्थानिय फलेविसौउनाका टेकराज भारती भनु भयो परम्परागत चाडमा अधिकारवादी बुढापाकाहरु पुस्ता सहभागी रहेको उल्लेख गर्दै उनले भने, ‘तिहार सामाजिक सद्भावको चाड बनेको छ । तर, दशदेखि बीस वर्ष उमेर समूहका पुस्तामा देउसीको आकर्षण घट्दो पाइयो । खेलेका मध्येपनि अधिकांशले परम्परागत रुपमा देउसी भैलो खेल्न छाडिसकेका कम्तिमा ‘भन भन भाइ हो देउसी रे’ भाका भट्टाउन जान्नु पर्ने हो । त्यो चलनमा कमी देखियो । फेसबुक, युटुब हेरेर एक्लै रमाउने गर्दारहेछन् ।’ बजारमा जस्तोसुकै गीत पाइने र मोबाइलबाटै बजाएर नाच्ने गरेको माइलाको कथन छ । जसले गर्दा युवा पिढीले लोकबाजा बजाउन बिर्सिएको बताए ।

मगर समुदायमा बलिराजाको कथा हालेर देउसी भैलो खेल्ने गर्दछन् । ‘हामी बलिहाङका सन्तान हौं,’बुढि आमका स्थानिय देव बहादुर रानामगर भन्छन्, ‘मौलिक संस्कृति परम्परा जोगाउने प्रयासमा छौं । युवा पुस्तालाई संस्कृति परम्पराबारे गलत मिथक कथालाई सच्याउँदै अघि बढाउँदै छौं ।’

जोशीपुर गाउँपालिका शिक्षा शाखा प्रमुख संग्राम सिंह धामी भनु हुन्छ सहरमा प्रशासनले राति आठ बजेपछि देउसी खेल्न नपाइने समय सीमा तोकिदिएको छ । त्यसो हुँदा रातभरि देउसी खेलेर दु:ख गर्नु पनि परेन । सुख सुविधाले लोक परम्परा मासिदो छ । गाउँघरमा समेत प्रविधिको विस्तारले गर्दा परम्परागत देउसी भैलो खेल्ने चलन पातलिएको बताइन्छ । अर्कोतर्फ परम्पराप्रति छलफल, प्रशिक्षणजस्ता पुस्तान्तरणका प्रक्रियाहरु नअपनाइएकाले आकर्षण घटेको जनाइएको छ ।हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सम्पत्ति हो र यसलाई जोगाउन लागि आजैबाट पहल गर्न आवश्यक देखिन्छ। (भिडियो सहित हेर्नुहोस्)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९