बौनियाँ/कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नं २ मा सञ्चालित सहाराको कथा समेटिएको मानवता गित धन्य छ तिमलाई साहारा गित सार्वजनिक भएको छ।गायक भरत ताम्राकार र रोशन टमट्टाको नयाँ गीत बजारमा आएको छ ।
उनीहरूले धन्य छ तिमलाई साहारा गित बोलको गीत सार्वजनिक गरेका हुन् ।गीतमा स्वर भरत ताम्राकार र रोशन टमट्टाको को रहेको छ । शब्द नारायण ढुंगानाको रहेको गीतमा सङ्गीत देव पुन मगरको रहेको छ । सङ्गीत संयोजन रमेश सेन्चुरीको रहेको गीतको निर्देशक सुरेन्द्र सङ्गमको रहेको देखिन्छ भिडियोको छायाँकन सम्पादक अमित विकले गरेका हुन्। भिडियो गीतको छायाङ्कन साहारा घर मै गरिएको गरिएको छ ।
भिडियोमा साहारा घरका सञ्चालक बल बहादुर विष्ट गायक भरत ताम्राकार अन्य साहारा घरका सम्पूर्ण परिवारको अभिनय गरेको देख्न पाइन्छ।
भिडियो हेर्नु होस ।
बर्दगोरिया गाउँपालिकामा सञ्चालित ‘सहारा घर’ ले सडकमा भेटिएका असहाय मानसिक रोगीहरूलाई प्रेमपूर्ण हेरचाह र उपचारबाट नयाँ जीवन मात्र दिएको छैन, परिचय गुमाएकालाई नयाँ नाम पनि दिएको छ।
चारकोठे पक्की घर छ। त्यसको छेउमै जस्ताले छाएको टहरो छ। वरपरि चार कठ्ठा फराकिलो जमीनमा तारबारले घेरिएको छ। यही दुनियाँ मानसिक स्वास्थ्य समस्या भएका धेरै जनालाई सहारा दिने घर हो। जहाँ अहिले ८९ जनाले आश्रय पाइरहेका छन्। जसमध्ये ६० जना पुरुष, २५ महिला र चार बालबालिका छन्।
यो ‘सहारा घर’ कैलालीको बर्दगोरिया गाउँपालिकाको चुरे फेदीमा रहेको धार्मिक पर्यटक वनको पूर्वी कुनामा अवस्थित छ। सडकमा भेटिएका मानसिक रोगीलाई सहारा दिने उद्देश्यले बलबहादुर विष्टले पाँच वर्षयता यो संस्था सञ्चालन गरिरहेका छन्।
यहाँ आश्रय लिइरहेका मानसिक स्वास्थ्य समस्या भएकाहरू आ–आफ्नै सुरमा मग्न हुन स्वतन्त्र छन्। कोही गीत गाइरहेका हुन्छन्, कोही पानीसँग खेलिरहेका। कोही हिसाबकिताबमा व्यस्त त कोही भाषणमा। बाहिरबाट जानेका लागि यो दृश्य देख्दा अजीव लाग्छ। यसैलाई सामान्य बनाउन विष्ट दिनरात अभिभावकको भूमिकामा खटिइरहेका हुन्छन्।