बिहिबार, फाल्गुन १७, २०८०

OSR Digital बाट आज ४ बजे (डिजे मेरो गीत बजाई दे) गीत बोलको म्युजिक भिडियो सार्वजनिक हुने

कैलाली/ गायक धन वहादुर विकको नयाँ गीत (डिजे मेरो गीत बजाई दे) गीत बोलको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।

दिल रोकायाको शब्द संगीतमा बनेको उक्त गीतको शनिबार भोलि एक कार्यक्रमकाबीच सार्वजनिक हुने भएको हो ।

 

उक्त गीतको म्युजिक भिडियोमा अभिनय मुकुन्द जी सी र मिनु महतको मुख्य प्रस्तुति रहेको छ । यो गीतको म्युजिक भिडियोलाई निर्देशक रमेश बिजुली वी सीले गरेका छन् ।

 

यस्तै गीत एरेन्ज केशव बडुले गर्नुभएको छ । (डिजे मेरो गीत बजाई दे) बोलको भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ ।

 

 

म्युजिक भिडियोको छाँयाङ्कन सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation