कैलाली/ म बिहान प्राय साढे ५ बजेसम्म उठिसक्छु । बिहान उठेपछि सामान्यतया म फ्रेस भएर ब्रेकफास्ट खान्छु । आज सुटिङ भएकाले म कपडा र चश्मा किन्न पसल गएँ । आज एउटा डिजे गीतको सुटिङ भएकाले पनि कपडा र चश्मा चाहिएको थियो । सुटिङ्ग कर्णाली चिसापानी हुने भएकाले म बिहान उठेर सबै कलाकार लाई खबर गरे ।
कर्णालीमा भिडियो सुटिङ भएकाले त्यहाँ पुगेँ । दिनभर जसो नै सुटिङमा व्यस्त भइयो । धन बहादुर विकको आवाजमा रहेको गीतको छायांकन थियो । हामीले खाना बेलुकीको ५ बजे मात्र खायौ । दिउँसो त उही पानी खाएर नै काम गरिन्छ । खाना खाने समय नै हुँदैन । म्यूजिक भिडियो एक दिनमै सक्नुपर्ने हुन्छ, यसैले पनि खानातिर भन्दा काममा बढी सोच जान्छ ।
सुटिङ्ग को दिन ४ बजे उठेर सबैलाई फोन गरेर सुटिङ्ग स्थलमा विहानको ७ बजे क्यामरामा पुजा गरी हाल्छु म सुटिङ्ग मा अल्छि कहिल्यै गर्दैन काम तिर ध्यान गर्छु खाना त झन बिर्सीहाल्छु ।
मिनु महत र मुकुन्द जी सिको अभिनय रहेको भिडियोको निर्देशन मैले नै गरेको हुँ । भिडियो छायांकनमा एकदमै रमाइलो भयो । आफू कामको पुजारी भएका कारण पनि, काम गर्न अल्छी लाग्दैन ।यस भिडियोमा क्यामेरामा पि आर जोशी, मेकअप प्रिया चौधरी, शब्द संगीत दिल रोकाया, सह- छायांकन गणेश वि.सी, र्यापर दिल रोकायाको रहेको छ ।
भोली पनि अर्को एउटा गीतको छायांकन छ । अहिले सोही गीत सुनिरहेको छु । बेलुकी खाना खाएर टि भि हेर्ने समय हुदैन मोबाइल तिर पनी कामहरुका बिषयमा मात्र कुराकानी गर्छु र कहिले काँही फ्रि समय टिक टोक बनाउँछु मोबाइल चलाउने गर्छु रातिको १० बजेसम्म त म सुतिसक्छु ।सुटिङ्ग रिपोर्ट भिडियो