बौनियाँ,गायक धन बहादुर विकको डिजे मेरो गीत बजाई दे'गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।धन बहादुर विकको स्वर रहेको डिजे गीतमा दिल रोकायाको शब्द र संगीत रहेको छ । भिडियोमा अभिनय मुकुन्द जी सी र मिनु महतको अभिनय रहेको छ ।
उक्त डिजे गीतमा केशव बडुको/एरेन्ज रहेको छ । रमेश बिजुली वीसिले निर्देशन गरेको भिडियोलाई अनमोल अनलाईन टेलिभिजनले निर्माणको हो भने सम्पादन पी आर जोशीले गरेका छन् । यो म्युजिक भिडियोमा दुःख पर्दा होस् अथवा सुख शान्ति समृद्धि हासिल गर्दा होस् मानिस संगीत बिना सबैलाई चाइन्छ गाउँ घर सहरमा सबै आमा बाबु दाजु भाई दिदी बहिनीहरूले दुई दिनको जिन्दगीमा हाँसौ नाचौं बालक देखि बृद्धा हुँदा सम्म सबैलाई संगीतको आवश्यकता हुन्छ भन खोजिएको छ।OSR Digital अनामनगर काठमाण्डौँमा रहेको OSR युट्युब च्यानलमार्फत उक्त गीत बजारमा सार्वजनिक गरिएको छ ।
यता कैलालीको बर्दगोरिया गाउँपालिका–३ का दिल वहादुर रोकायाको शब्द संकलनमा ४ वटा लोकदोहोरी २ वटा आधुनिक र डिजे गीत २ गरी हालसम्म ८ वटा गीत रेकर्ड भइसकेका छन् । यस्तै, यसअघि दीपक बुढाक्षेत्री र सम्झना लामिछाने मगरको स्वरमा रहेको ‘ओइ मुटु’, बिमल डाँगी र विष्णु मगरको आवाजमा ‘के छ नी हालखबर’ र शंकर बि.क. र मुना थापामगरको स्वरमा ‘अन्त कतै’ बोलको लोकदोहोरी गीत र च्वाँक च्वाँक जवानी मैया "पुरन बिरहिको आवाजमा रहेकाे पाइन्छ सो गीत बजारमा आइसकेको रोकायाले बताए । उनले दर्शक तथा श्रोतामाझ छिट्टै आगामी नयाँ लोकदोहोरी गीतको एल्बम बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिए ।
गीत संगीतप्रति माया र कलाकारिता क्षेत्रमा भविष्य खोज्दै हिंड्ने गीत संगीतप्रेमीलाई प्रोत्साहनको वातावरण हुन नसकेको रोकाया बताउँछन् । कला, संगीतमा अभिरुची राख्ने स्थानीय प्रतिभालाई स्थानीय स्तरबाट नै प्रोत्साहनको वातावरण हुन सकेमा गाँउ समाजमा लुकेर रहेका थुप्रै प्रतिभाहरुको उजागर र विकास गर्न सकिने रोकायाको भनाइ छ । सार्वजनिक मेला, महोत्सव तथा कार्यक्रममा स्थानीय कलाकार, स्रष्टा तथा सर्जकलाई स्थान दिनुपर्नेमा उनको जोड रहेको छ । (भिडियो सहित)