सोमवार, फाल्गुन १४, २०८०

डान्स च्याम्पियनको फाइलमा सुदूरपश्चिमकी छोरी पोख्रेल/भोट गरौ सुनितालाई जिताऔ ।।

बौनियाँ,कैलाली। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको डान्स रियालिटि सो डान्स च्याम्पियनमा बर्दगोरियाकी चेली , सुदूरपश्चिमकी सान सुनिता पोख्रेल फाइनलमा प्रवेश गरेकी छन् । कान्तिपुर टेलभिजनबाट बिहिबार र शुक्रबार राती ९ : ०० बजे प्रसारण हुँदै आएको छ । नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो मानिने उक्त च्याम्पियनमा कैलालीको बर्दगोरिया गाउँपालिका ६ बिशालनगरकि सुनिता पोख्रेल डान्स च्याम्पियनको फाइनलमा पुगेकी हुन् । सुनिता नै डान्स च्याम्पियनमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी हुन । सुनिता सुबर्शिकाको ग्रुपबाट फाइनलमा डान्सको उपाधीका लागि प्रतिस्पर्धा गर्दै छन् ।

 

 

सुनिताको ग्रुपमा वर्षा फुयाल र रोशीका रावतले साथ दिदै आएकी छन । कैलालीबाट तीन जनाको ग्रुपबाट डान्स च्याम्पियनमा सहभागी भएकी सुनिता मेघा अडिसनमा अन्य दुई प्रतिस्पर्धी सोमा नआएपछी सुरुको एपिसोडमा एकलै प्रस्तुति दिएकी सुनितापछि सुबर्शिका सुनिता पोख्रेल , वर्षा फुयाल र रोशीका रावतले प्रस्तुति दिदै आएकी छन् । उनीहरुको ग्रुपले उत्कृष्ट ५ सम्मका एपिसोडमा उत्कृष्ट प्रस्तुति दिदै आएका छन् । सुनिता बर्दगोरियाको महुन्याल मावीमा प्राविधिक तर्फ कक्षा ११ मा कम्प्युटर इन्जिनियर अध्ययनरत विद्यार्थी हुन् । उनलाई उत्कृष्ट ३ मा पुर्याउन भोटिङको अति आवश्यकता रहेको छ । उनलाई भोटिङ्ग गर्न मोबाइलको एसएमएसमा गई DCN स्पेस 12 टाइप गरी 33001 मा Send गर्न सकिन्छ । यस्तै IME PAY एपबाट पनि सुनिता पोखरेललाई भोट गर्न सकिनेछ । फाइनलको भोटका लागि मंगलबार राती १२ बजेसम्म भोट गर्न सकिने छ । 

 

 

च्याम्पियनमादर्शकको उपाधी जित्ने बिश्वास गरेकी छन् । च्याम्पियनको फाइनल शुक्रबार हुने भएको छ । डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह , कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनु भएको छ । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ ( फुलन्देकी आमा ) रहनुभएको छ । डान्स च्याम्पियन २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको छ । 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation