आइतवार, फाल्गुन १३, २०८०

भारतमा कोरोना संक्रमण फैलिएपछि सीमामा कडाई /चेक जाँच गर्दा ११ जनामा संक्रमण पुष्टि

धनगढी/भारतका विभिन्न शहरबाट नेपाल भित्रिएका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो एक साता यता गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

भारतमा कोरोना संक्रमण फैलिएपछि सीमामा कडाई गरेर चेक जाँच गर्दा ११ जनामा संक्रमण पुष्टि भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले बताए।

भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर चेक जाँच गर्न थालिएको छ। 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation