बर्दगोरियामा दोस्रो चरणको भेरोसेल खोप मंगलबार र बुधबार लगाइदैं

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाले दोस्रो चरणको कोभिड १९ कोरोना भाइरस विरुद्धको भेरोसेल खोप मंगलबार र बुधबार लगाउने भएको छ । जेष्ठ २५ देखि ३० सम्म कोभिड १९ विरुद्धको पहिलो चरणको भेरोसेल खोप लगाएका ३६९ जना व्याक्तिहरुलाइ दोस्रो चरणको भेरोसेल खोप लगाइने बर्दगोरिया स्वास्थ्य शाखा प्रमूख कृष्णदेव जोशीले जानकारी दिनु भएको छ।

 

गाउँपालिकाको स्वास्थ्य शाखाले दोस्रो चरणको भेरोसेल खोपका लागी दोदोधरा स्वास्थ्य चौकि र कोटातुलसीपुर  स्वास्थ्य चौकी खोपकेन्द्र तोकेको छ । दोस्रो चरणको खोप लगाउन आउदा पहिलो खोप लगाउदा उपलब्ध गराइएको खोप कार्ड अनिवार्य साथमा लिएर आइ दिन हुन् गाउँपालिका स्वास्थ्य शाखा प्रमूख जोशीले सम्पूर्ण जनतालाई अनुरोध समेत गर्नु भएको छ । 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation