मङ्लबार, बैशाख १६, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

सीपीएल अन्तर्गत गए रातिका खेल वर्षाका कारण स्थगित, एक(एक अंक बाँडियो

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने आबद्ध टोली जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सबीच गएराति भएको खेल वर्षाका कारण रोकिएको छ ।

क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा वर्षाका कारण खेल नतिजा विहिन भएपछि दुबै टिमले समान एक–एक अंक बाँडेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ ओभर ४ बलमा ४६ रन बनाएको थियो । त्यहि समयमा वर्षाले खेल रोकिएको थियो । वर्षाका कारण खेल पटक पटक सुरु हुन नसक्दा दुबै टोलीले एक–एक अंक बाँडेका हुन् ।

योसँगै सेन्ट किट्स एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ । उसले यस अघिका ९ खेलमा सात हार, एक जित र एक बराबरी नतिजा ल्याएको छ ।

यस्तै जमैकाले ८ खेलमा चार हार, तीन जित र एक बारबरीको नतिज सहित सात अंक जोडेको छ । जारी सिजनमा जमैका चौथो स्थानमा छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation