
बौनिया/आउदो फागुन १ गते बाट सुरु हुने बाल बाटिका क्रिकेट लिग बि.सि.एल सिजन (२) को मुख्य पुरस्कारको प्रायोजन सुमित्रा बस्नेत ले गर्नु भएको छ । शनिबार प्रतियोगिता आयोजक बिधालयले बौनियामा पत्रकार सम्मेलन को आयोजना गर्दै सो कुराको जानकारी दियको छ ।
पत्रकार सम्मेलन प्रथम पुरस्कार प्रायोजनमा बारेमा पत्रकार ले सोधेको प्रस्नको जवाफ दिने क्रममा प्रतियोगिता आयोजक नव बाल बाटिका बिधा मन्दिर बर्दगोरिया गाउपालिका २ बौनिया कैलालीका संस्थापक एवम् प्रतियोगिता संयोजक प्रमोद मल्लले सो कुराको जानकारी दिनु भएको हो ।मल्लले बतनय अनुसार बरिष्ट समाजसेवि एवम सामाजिक अभियान्ता सुमित्रा बस्नेत ले प्रतियोगिता को विजेताले यश बर्ष प्रथम पुरुस्कार स्वरुप प्राप्त गर्ने १ लाख १५ हजार १ सय ११ रुपैयाँ प्रायोजन गर्ने बिषयमा आयोजक र बस्नेत बिच सम्झौता भएको जानकारी दिनु भयो। मल्लका अनुसार बस्नेतले यश अघि पनि देसका विभिन्न स्थानमा हुने सााजिक क्षेत्रका विभिन्न कार्यक्रम हरुमा सघाउ पुराउदै आउनु भएको छ ।
प्रतियोगिता देश विभिन्न १६ बिधालयको सहभागिता रहने सो प्रतियोगिता १४ दिन सम्म सञ्चालन हुने आयोजक नव बाल बाटिका बिधा मन्दिर बौनिया का संस्थापक प्रिन्सिपल एवम प्रतियोगिता संयोजक प्रमोद मल्लले सो पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।
प्रतियोगितामा दोस्रो हुने टिमको ५७ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्रज्ञा इट्टा उधोग जोशिपुर २ सिमरिले प्रायोजन गरेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दियको छ । प्रतियोगिता सह ( संयोजक राजेन्द्र रावलले दियको जानकारी अनुसार प्रतियोगिता को एजुकेसन पार्टनर का रुपमा एस।पि।ए कलेज धनगढी र घोडाघोडि बहुमुखी क्याम्पस सुखड रहदा अफिसयल अस्पताल को रुपमा सि।पि अस्पताल धनगढी र अफिसियल होटेल का रुपमा शेरचन होटल टिकापुर रहेको छ ।
यश बर्ष प्रतियोगिता कै उत्कृष्ट खेलाडीले नगद १३ हजार पुरस्कार पाउँदा उत्कृष्ट बलर र ब्याट्सम्यान ले समान ८ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उदयिमान खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गर्दा लिग चरणका हरेक खेलक म्यान अफ द म्याच लाई नगद ५ सय र स्व रकम लाई बृद्धि गर्दै क्रमशः क्वाटरफाइनलमा १ हजार सेमिफाइनलमा २ हजार र फाइनलको म्यान अफ द म्याच लाई नगद ३ हजार प्रदान गरिने सह (संयोजक राजेन्द्र रावलले जानकारी दिनु भएको छ ।
बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मुडा कैलालीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता लिग कम नक आउट को आधारमा हुनेछ । क्रितिम विकेट म्याट मा सञ्चालन हुने उत्त प्रतियोगितामा ड्युस बलको प्रयोग हुने आयोजकको भनाइ रहेको छ ।