बुधबार, जेष्ठ ७, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

एभरफन बाल बाटिका क्रिकेट लिग (२०७७ को तयारी पूरा,शनिवार गाउपालिका अध्यक्ष थारुले उद्धाटन गर्ने 

बौनियाँ/शनिवार बाट बर्दगोरिया गाउपालिका वडा नम्बर ४ स्थित मुडा बजारको खेल मैदानमा सुरु हुने बाल बाटिका क्रिकेट लिग (२०७७)बि.सि.एल सिजन(२ ) को तयारी पुरा भएको आयोजकले जानकारी दियको छ ।आयोजका अनुसार शुक्रबार सम्म खेल
मैदान मर्मत सम्भार लगायतका काम पुरा भए संगै प्रतियोगिता उद्धघाटनको तयारी पूरा भएको आयोजकको भनाइ रहेको छ ।
 
सनिवार बिहान एक कार्यक्रम का बिच बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारुले प्रतियोगिता उद्धघाटन तय भएको आयोजक नव बाल बाटिका बिधा मन्दिर का संस्थापक एवम प्रतियोगिता संयोजक प्रमोद मल्लले जानकारी दियका छन् । 
यश बर्ष बाट हिम शिखर फुड्स इण्डष्ट्रिज प्रा।लि चागुनारायण ५ भत्तपुरको उत्पादन एभरफन चकलेट प्रमुख प्रायोजका रुपमा जोडिय संगै प्रतियोगिता को नाम एभरफन चकलेट बाल बाटिका क्रिकेट लिग २०७७ भएको छ ।

सनिवार उद्धाटन संगै हुने उद्धघाटन खेलमा आयोजक नव बाल बाटिका बिधा मन्दिर बौनिया र भुवनेश्वरि माध्यमिक बिधालय गड्डाचौकि महेन्द्रनगर बिच प्रतिस्पर्धा हुने प्रतियोगिता सह( संयोजक राजेन्द्र रावलले जानकारी दियका छन् । प्रतियोगितामा यस अघि नै काणमाण्डौ निवासि बरिष्ट समाजसेवि एवम सामाजिक अभियान्ता सुमित्रा बस्नेत ले विजेता पुरस्कार स्वरुप १ लाख १५ हजार १ सय १५ रुपैया र प्रज्ञा इट्टा उधोग जोसिपुर गाउपालिका ५ सिमरिले दोस्रो पुरस्कार स्वरुप प्रादान गरिने ५७ हजार ५ सय ५५ रुपैया सहयोग गर्ने सम्झौता भैसकेको छ ।

यश बर्ष प्रतियोगिता को एजुकेसन पार्टनरका रुपमा एस।पि।ए कलेज धनगढी र घोडाघोडि बहुमुखी क्याम्पस सुखड रहदा अफिसियल हस्पिटल का रुपमा सि।पि हस्पिटल प्रा।लि धनगढि र अफिसियल होटल का रुपमा शेरचन थकालि होटल एण्ड क्याफे टिकापुर रहेको छ ।

यश बर्ष पनि प्रतियोगिता मा गत बर्ष जस्तै कैलाली र कञ्चनपुर का विभिन्न १६ बिधालय को सहभागिता रहेको छ । जसमा १२ कैलाली र ४ कञ्चनपुर का बिधालय को सहभागिता रहेको आयोजकले जानकारी दियको छ । लिक कम नक आउट का आधारमा १३ दिन सम्म सञ्चालन हुने प्रतियोगिता ड्युस बलले कृतिम म्याट विकेटमा खेलाइने आयोजकले बताएको छ ।
 प्रतियोगिता अबधि भर बिहान ११ बजे पुर्वमा लम्किचुहा नगरपालिका को गुलरा बजार र पश्चिममा घोडाघोडि नगरपालिका को साडेपानि बजार बाट खेल मैदान बर्दगोरिया गाउपालिका वडा नम्बर ४ सम्म निशुल्क बस सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation