
एभरफन बाल बाटिक क्रिकेट लिग बि सि एल सिजन-२ को उपाधी गुरुकुल लम्किले उचालेको छ ।
उपाधी संगै नगद १ लाख १५ ह्जार १ सय ११ रुपैया र ट्रफि हात पार्न सफल भएको छ । आज भएको फाईनल खेलमा आर एम ई टिकापुरलाई १० रनले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुल लम्किले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाउदै १ सय रन बनाउन सफल भएको थियो । गुरुकुलका लागि जानू कस्गरले ३८ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ३१ रनको योगदान गरेका थिए । १ सय १ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको आर एम ई टिकापुरले निर्धारित १९.१ ओभर खेल्दै सबै बिकेट गुमाउदै ९० रन मात्र बनाउन सक्यो र १० रनले हार ब्यहोर्दै उपाधी चुम्न बाट रोकिएको हो । पराजित हुँदै आर एम ई टिकापुरले ५७ ह्जार ५ सय ५५ रुपैयाँ र ट्रफी हात पार्न सफल भएको हो । गुरुकुललाई उपाधी दिलाउने क्रममा संगम बिष्ट ले ४ ओभरमा १४ रन खर्चिदै ४ बिकेट लिन सफल भएका थिए । उनी म्यान अफ द म्याच बन्न सफल भए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी र सबै भन्दा बढी बिकेट लिने गुरुकुल लम्किका जानू कस्गर बन्न सफल भए उनले नगद २१ हजार हात पार्न सफल भए ।
यसै गरि उत्कृष्ट ब्याट्सम्यान बाल बाटिकका नरेन्द्र साउद बन्न सफल भए उनले नगद ८ ह्जार र ट्रफी हात पार्न सफल भए । यसै गरि प्रतियोगितामा उदयिमान खेलाडी गुरुकुलका बिपिन बम बन्न सफल भए उनले नगद ५ हजार हात पार्न सफल भए ।
समापन समारोह कार्यक्रम बिद्यालयका अध्यक्ष देव मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी धनगढी कृकेट एकाडेमी का निर्देशक शुभाष शाही रहनु भएको थियो । यसै गरि विशिष्ट अतिथिमा सुनवस्ति विकास कम्पनी प्रा लि का सुमित्रा बस्नेत र दिपक राज अयर रहनु भएको थियो । प्रतियोगिता संयोजक प्रमोद मल्लले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सह संयोजक राजेन्द्र रावल ले गर्नु भएको थियो ।