Baigyanik Media

Advertisment

SKIP THIS

लम्किमा जारी क्रिकेट कपमा गुरुकुल लम्की बिजयी 

कार्तिक १२ बौनियाँ /प्रथम बिरेन्द्र शाही स्मृति क्रिकेट कपमा लम्की स्थित गुरुकुल लम्किले बिजयी सुरुवात गरेको छ । आज भएको आफ्नो लिगचरणको खेलमा गणेश बाबा टिकापुरलाई ३४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभरमा ८ बिकेट गुमाउदै १ सय ३१ रन बनाउन सफल भएको थियो । गुरुकुलका लागि रोहन के सि ले नटआउट  ४७ बलमा २ चौका र २ छक्काको मद्दतमा ५४ रनको योगदान गरेका थिए । यस्तै राहुल शर्माले १८ रनको योगदान गरेका थिए । गणेशबाबाका लागि पारष तिमिल्सिना ,विशाल पुनमगर र शुभास रावलले समान २/२ विकेट लिन सफल भएका थिए ।

 

१ सय ३२ रनको जवाफी ब्याटिङमा आएको गणेशबाबा टिकापुरले निर्धारित २० ओभर मध्य १६.४ ओभर खेल्दै सबै विकेट गुमाउदै ९७ रन मात्र बनाउन सक्यो र ३४ रनले हार व्यहोर्न बाध्य भएको हो । गुरुकुललाई जित दिलाउने क्रममा राहुल शर्माले ४ ओभरमा २७ रन खर्चिदै ४ विकेट लिन सफल भएका थिए । प्रतियोगितामा अर्धशतक प्रहार गरेका रोहन के सि म्यान अफ द म्याच बन्न सफल भए । उनले नगद ५ सय प्राप्त गरे ।

 

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ ह्जार र द्दितिय हुने टिमले ४५ ह्जार पुरस्कार पाउने खेल संयोजक प्रमोद आचार्यले जानकारी दिए । प्रतियोगिता आगामी मङ्सिर १ गते सम्म संचालन हुने छ । प्रतियोगितामा देशभरिका १६ टिमको सहभागिता रहेको छ । १६ टिमलाई ४ समुहमा बिभाजन गरिएको छ ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation