शुक्रबार, कार्तिक २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बाख्रा ओसारपसार नगर्न:बर्दगोरिया गाउँपालिकाको निर्देशन

  • गोदावरी नगरपालिका आसपासका क्षेत्रबाट बाख्राको ओसारपसार नगर्न निर्देशन
  • बौनियाँ, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले गोदावरी नगरपालिका आसपासका क्षेत्रबाट बाख्राको ओसारपसार नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै पालिकाले यस्तो निर्देशन दिएको हो ।

     

    पछिल्लो केही दिन यता गोदावरी नगरपालिका अन्तर्गत हाटखोली , बन्दगडा आसपासका क्षेत्र बाख्रामा लाग्ने सरुवा रोग Contagious caprine pleuropneumonia ( CCPP ) को संक्रमण पुष्टि भएको भन्दै ती क्षेत्रबाट पालिकामा बाख्राको ओसारपसार नगर्न र नगराउनु भनेको हो ।

     

    सो रोग गोदावरी नगरपालिका आसपासका क्षेत्रमा महामारीका रूपमा फैलिएको व्यहोरा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कैलालीले जानकारी दिएको थियो । सो क्षेत्रमा बाख्राहरु अत्यधिक बिरामी हुने , मर्ने गरेको पाइएपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण केन्द्रमा चेकजाँच गरिएको थियो । जसबाट ( CCPP ) रोग भएको पुष्टि भएको थियो । बाख्रामा देखापर्ने यो सरुवा रोग निकै प्राण घातकसम्म मानिन्छ । बाख्रामा यो रोग लागेमा ज्वरो आउने , नाकमा सिगान बग्ने , निमोनिया जस्ता लक्षण देखिने र समयमा उपचार नहुदा मर्ने समस्या हुने गर्दछ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation