नेपालगन्ज बाँके,
हिक्मत वादी – कमिट नेपाल नेपालगन्ज बाँकेको आर्थिक सहयोगमा वादी जनप्रतिनिधिहरुका लागि बधाई तथा सम्मान कार्यक्रम नेपालगन्जको न्युरोड स्थित होटेल इन्द्रेणीमा सम्पन्न भएको छ ।सामाजिक अभियन्ता तथा कमिट नेपालका कर्मचारी शुशिला नेपाली वादीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ग्याने्न्द् कुमार चौधरी रहनुभएको थियो ।बिशिष्ट अतिथिहरुमा नेपालगन्ज उपमाहानगर पालिकाका नगर प्रमुख प्रशान्तश्रेष्ठ, पश्चिम रुकुम चौरजहारी नगरपालिकका नगर प्रमुख पुष्प वादी, नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुदिन राई, राष्ट्रिय मानवअधिकार आयोगका बाँकेका प्रमुख झँकर रावल, जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त ,जिल्ला समन्वय समिति पश्चिम रुकुमका सदस्य गिता नेपाली वादी रहनुभएको थियो।यसैगरी अतिथिहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन,बिभिन्न जिल्लाबाट सहभागिता हुनुभएका नब निर्बाचित वादी समुदायका जन प्रतिनिधिहरु र गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष दलित गैर सरकारी माहासंघ का केन्द्रिय उपाध्यक्ष रहनुभएको थियो।वादी जनप्रतिनिधिहरुका लागि बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख बाट पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।यसैगरी कमिट नेपाल नेपालगन्ज बाँकेका अध्यक्ष प्रकास नेपाली वादीले कार्यक्रममा सहभागी बिशिष्ट अतिथिहरुलाई खादा ओढाएर सम्मान गरेका थिए। भने बधाई तथा सम्मान कार्यक्रममा उत्पिडित वर्ग, अल्पसंख्यक,सदैउदेखि पछाडि पारिएको ईतिहासमा पहिलो चोटि वादी समुदाय बाट प्रतिनिधित्व गरि आएका पश्चिम रुकुम चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीलाई कार्यक्रमका प्रमुख अतिथिले खादा ओढाएर प्रमान पत्र सहित सम्मान गर्नुभएको थियो । भने बिभिन्न जिल्ला बाट सहभागि भएका २० जना वादी समुदायका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा ओढाएर प्रमान पत्र सहित प्रमुख अतिथि, बिशिष्ट अतिथि र अतिथि हरु ले सम्मान गर्नुभएको थियो। कार्यक्रमको सन्चालन कमिट नेपाल नेपालगन्ज बाँकेका कार्यक्रम सँयोजक प्रकास नेपाली वादीले गर्नुभएको थियो ।