नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ । उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् ।
यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन् । जसको खर्च ७५ हजार पर्छ । जनकपुर उपमहानगरपालिकाले नगरसभा सन्चालनकै लागि ५० लाख बजेट विनियोजन गरेको छ । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएकाे छ