बिहिबार, बैशाख १३, २०८१

बर्दगोरियाका जनताका लागि अध्यक्ष कर्णबहादुर कुंवरको पहलमा स्वास्थ्य सामाग्री

  • जनताका लागि अध्यक्ष कर्णबहादुर कुंवरको पहलमा
  • बौनियाँ,कैलालीको बर्दगोरिया अस्पताल सञ्चालनका लागी स्वास्थ्य सामाग्री प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले सो सामाग्रीहरु बिहीबार गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर नेतृत्वको टोलीलाई हस्तान्तरण गरेको छ ।

     

    विभागले ई सिजी मेसिन एक थान, दुई थान अक्सिजन सिलिन्डर, दुई थान अक्सिजन रेगुलेटर, २ थान पल्स अक्सिमिटर, एक थान अक्सिजन सिलिन्डर कि, दुई थान डिजिटल बिपी सेट र हजार थान मास्क उपलब्ध गराएको छ । अस्पताल सञ्चालनका लागी अत्यावश्यक पर्ने माइक्रो स्कोप, एक्स-रे मेसिन र भिडियो एक्स-रे मेसिन भने केही महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता समेत विभागले गरेको छ । गाउँपालिकाले यस अघि नै हचुवाको भरमा दोदोधारा स्वास्थ्य चौकीलाई दोदोधारा अस्पतालको रूपमा स्तर वृद्धि गरेको थियो । तर अस्पतालमा आवश्यक सामाग्रीहरूको अभावमा हाल सम्म पनि सेवा सुचारु हुन सकेको छैन । सामान्य उपचारका लागी बाहिर जानु पर्ने स्थानीयको बाध्यता हटाउन नवनिर्वाचित जनप्रतिनिधि तदारुकताका साथ लागी परेका छन् ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation