Baigyanik Media

Advertisment

SKIP THIS

पुर्व कप्तान ज्ञानेन्द्रलाई समेट्दै क्रिकेट टिम घोषणा

  • अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोली मंगलबार घोषणा
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय अन्तराष्ट्रिय शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार जनाएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै क्यानले केन्यासँग हुने पाँच टी-२० र तीन एकदिवसीय अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोली मंगलबार घोषणा गरेको छ ।

     

    १६ सदस्यीय टोलीमा ज्ञानेन्द्रले पुनरागमन गरिएको छ । टोलीको कप्तानी भने सन्दीप लामिछानेले गर्नेछन् । यस्तै, उपकप्तान रोहितकुमार पौडेल छन् ।

     

    केन्यामा हुने शृंखला २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म हुनेछ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले सुरुवातमा टी-२० शृंखला खेल्नेछ ।

     

    जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुनेछ । क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation