
बौनियाँ,कैलाली – घाेडाघाेडी बहुमुखी क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा बिष्णु सापकाेटा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा सापकोटाले आफ्ना निकटतम प्रतिद्वन्द्वी छवि तिवारीलाई ६६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सापकोटाले २३४ मत ल्याउदा तिवारीले १६८ मत प्राप्त गरेका छन् ।
यस्तै सञ्चालक समितिकाे उपाध्यक्षमा यज्ञ राज विनाडि विजयी भएका छन् । विजयी विनाडिले १८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भानुभक्त आचार्यले १६० मत प्राप्त गरे ।
महिला सदस्यमा नारायणी गाैतम विजयी हुदा खुल्ला सदस्यहरुमा नारायण आचार्य ,आयुष जाेशी र दुर्गा सापकोटा निर्वाचित भएका छन् ।
घोडाघोडी बहुमुखि क्याम्पस संचालक समितिको निर्वाचनमा कुल ४५८ मतदाता रहेकोमा ४०४ मत खसेको थियो ।