आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक भए टीकापुर घटना छताछुल्ल हुन्छ ?

  • टीकापुर घटनाका मृतकहरूलाई शहिद घोषणा गर्न सरकार संग मञ्चैबाट नागरिक उन्मुक्ति पार्टीको माग
  • कैलाली – नागरिक उन्मुक्ति पार्टीको आयाेजनामा मंगलबार कैलालीको टिकापुरमा २०७२ टीकापुर घटना स्मरण बिशेष कार्यक्रम सम्पन्न भएको छ । संघियता, समाजवाद , देशभक्ति, लाेकतन्त्र सांस्कृतिक पहिचान सहितको संघीयता भन्ने मुल नाराका साथ उक्त कार्यक्रमकाे आयाेजना भएको हाे ।२०७२ साल भदौ ७ गते पहिचानका लागि टिकापुरमा भएको आन्दोलन र आन्दोलन पश्चात् भएको घटनामा परि ज्यान गुमाएकाहरुकाे सम्झना र साेहि आन्दोलनका कारण दाेषि ठहरिदै जेल जीवन व्यतीत गरिरहेकाहरुका राजबन्दिहरुकाे रिहाइको माग गर्दै साे कार्यक्रमको आयाेजना गरिएको हाे ।कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले साे घटना पश्चात् सरकार द्धारा गठित लाल आयाेगकाे प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न आग्रह गरेका थिए । कार्यक्रममा बाेल्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लक्ष्मण चाैधरीले पहिचानकाे माग गर्दै भएको आन्दोलनलाई राजनीतिक घटना भन्दा फरक ढंगमा हेर्न नहुने कुराकाे जिकिर गर्नु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै चाैधरीले याे सरकारले दाेषि ठहर गर्दै जेल जिवन व्यतीत गराउन बाध्य पारिराखेका राजबन्दिहरुलाई आफुहरु अब पार्टिलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गरेर सम्पुर्ण राजबन्दि हरुलाई रिहा गराइ छाेड्ने कुराकाे ठाेकुवा समेत गर्नु भयाे । चाैधरी समेत साेहि घटनाका कारण ४२ महिना जेल जिवन व्यतित गरेका राजबन्दी हुनुहुन्छ ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरीले राजबन्दि परिवारकाे सदस्य भएर बाँच्दाकाे पिडा आफुले राम्रोसँग बुझेकाे बताउदै अब आउने संघिय तथा प्रदेश सभाको निर्वाचनमा सम्पुर्ण उत्पिडित तथा पछाडि परिएका बर्ग समुदायले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा मतदान गरेर हेर्न आग्रह गर्नु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै अध्यक्षले सम्पूर्ण उत्पिडित जनकाे उन्मुक्तिका लागि पार्टीको स्थापना भएको कुरा बताउदै नागरिक उन्मुक्ति पार्टिलाई लाग्दै आएको जातीय पार्टीको बिल्ला गलत भएको कुरा समेत बताउनु भयाे ।साेहि कार्यक्रममा सम्बाेधन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् भजनी नगरपालिकाका नगर प्रमुख केवल चाैधरीले कुनै पनि समुदायले आफ्नो पहिचान लाई भुल्न नहुने कुरामा जाेड दिदै पहिचान भुलेमा जातिकाे अस्तित्व मेटिन समय नलाग्ने कुरा बताउनु भयाे ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय सदस्य एवम् जानकी गाउँपालिकाका पुर्व अध्यक्ष प्रदिप चाैधरीले अब देशको आमूल परिवर्तनका लागि नागरिक उन्मुक्ति पार्टीको बिकल्प नरहेको कुरामा जाेड दिनु भएको थियो ।कार्यक्रममा सम्बाेधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दामोदर शर्मा पण्डितले माननिय रेशम लाल चाैधरी व्यक्ति मात्र नभएर एक आन्दोलन र पहिचान भएको कुरामा कुनै संका नरहेको कुरा बताउनुभयो । साेहि अवसरमा अगाडि बाेल्दै प्रवक्ता पण्डितले कुनै पनि जाति र समुदायलाई उसको थर र उसले बाेल्ने भाषाकै आधारमा पछाडि पार्न नमिल्ने कुरा समेत बताउनु भयाे । पण्डितले अगाडि बाेल्दै भन्नुभयो अब थारुका नाममा याे समाजमा राजनीति गर्दै आएका थारु समुदायका अगुवा भनाउदा हरुकाे दिन सकिएकाे भन्दै यस समुदायकाे नेतृत्व अब नागरिक उन्मुक्ति पार्टिले गर्ने कुरामा संका नमान्न आग्रह गर्नुभयो ।कार्यक्रममा थुप्रै जेलमुक्त राजबन्दि र अहिले पनि राजबन्दि रहेका परिवारका सदस्यहरुले सम्बाेधन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस ,नेकपा एमाले , एकीकृत समाजबादि , राष्ट्रिय जनता पार्टी लगायतका पार्टीका प्रतिनिधि हरुले समेत मन्तव्य व्यक्त गरेका थिए ।पार्टीका केन्द्रीय सदस्य भत्त बहादुर चलाउनेकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममाकाे सञ्चालन र सहजिकरण इन्दु चाैधरीले गरेकी थिइन् । कार्यक्रमकाे अध्यक्षता पार्टीका केन्द्रीय सदस्य एवम् टिकापुर घटना स्मरण दिन कार्यक्रम संयाेजक ललित ताम्राकारले गर्नु भएको थियो । भाेलि बुधबार समेत यहि सन्दर्भमा लम्किमा कार्यक्रम आयाेजना हुने पार्टीका केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर २ संयाेजक मिलन चन्दले जानकारी दिनु भएको छ ।भिडियो सहित हेर्न सकिन्छ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation