कैलाली – बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिकाे अध्यक्षमा टंकराज ओली सर्वसम्मत चयन भएका छन् । ओली यसअघि पनि उत्त खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सचिव हुनुहुन्थ्यो ।
उत्त समितिको अध्यक्षका लागि वडा भित्र रहेका विभिरानीकुण्डान्न तीन टाेल बाट ९ जानले दाबि गर्दै आइरहेकोमा शुक्रबार भएको छलफल बाट ओली सर्वसम्मत अध्यक्ष बन्न सफल भएका हुन । उक्त खानेपानीकाे कार्य अहिले अन्तिम चरणमा निर्माण चलिरहेको छ । खानेपानीका लागि आवश्यक पर्ने ओभरहेड ठ्याङ्कि निर्माणकाे कार्य अन्तिम चरणमा रानीकुण्डाछ भने एक डिप बाेरिङ्ग निर्माण सम्पन्न भैसकेको छ । उत्त खानेपानी निर्माणकाे कार्य सम्पन्न भए पश्चात् वडामा रहेका करिब १२०० घरधुरिले स्वच्छ खानेपानी पिउन पाउने छन् । अध्यक्ष ओलीले दिएकाे जानकारी अनुसार अब कुनै बाधा अड्चन नआएर निरन्तर काम गर्ने बाताबरण बनेमा आफनो कार्यकाल भित्र वडा बासिले सुद्ध खानेपानी पाउने उहाले हामीलाई जानकारी दिनु भयाे ।