ग्राभेल उत्खननमा रोक लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात

सिरहा, १६ वैशाख सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात गरेका छन् । पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढिमाइ नगरपालिकामा अबैध रुपमा संचालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै  ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथी हातपात गरेका हुन । अधिकृतसहित अन्य कर्मचारीहरुलाई गालीगलौज गर्नेहरुमाथि कार्वाहीको माँगगर्दै  कर्मचारीहरुले अनिश्चित कालको लागी कामकाज ठप्प गर्ने घोषणा गरेका छन्।

कमलामाई सप्लायर्स धनुषका संचालक वेचन शर्माको नेतृत्वमा आएका ५/७ जनाको समूहले शुक्रवार अपरान्ह कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत गेलालमाथि हातपात गर्नुका साथै अन्य कर्मचारीलाई समेत गाली गलौज गरेको भन्दै कार्वाहीको माँग गर्दै कार्यालयको सम्पुर्ण काम काज अनिश्चित कालको लागि बन्दगर्ने घोषणा गरेको छ। पालिकाले ग्राभेल उत्खनननमा रोक लगाएको भन्दै शर्माको नेतृत्वमा आएका धनगढीमाई नपा १२ का महेश अधिकारी, वडा नम्वर ४ का रामएकवाल यादव ९वतहा० सहित आएका ५÷७ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत गोपाल ललालाई कार्यकक्षमा थुनेर हातपात गर्नुका साथै गाली गलौज गरेको भन्दै कर्मचारीहरुद्वारा नगरप्रमुखलाइ दिइएको  माँगपत्रमा उल्लेख गरिएको छ। कर्मचारीहरुद्वारा जारी माँग पत्रमा, ‘उच्छृखल समूह प्रमुख प्रशाकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रुपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरीस्? खानी बन्द गर्ने अधिकार तलाई कसले दियो ?भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रहार गर्दै हात पात समेत गरेको छ।’

ठेकेदारहरुले ग्राभेल जथाभावी उत्खनन गरेको र राजश्व समयमा नतिरेको भन्दै नगरपालिकाले पटक पटक उत्खननमा अस्थायी रोक लगाउँदै आएको छ। ‘नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी निजहरुलाई मुस्किलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट वाहिर निकाले पनि प्रमुख प्रशाकिय अधिकृत एवम् कर्मचारीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको कर्मचारीद्वारा जारी माँग पत्रमा उल्लेख गरेको छ। कार्यालय समयमा प्रमुख प्रशाकिय अधिकृत र कर्मचारी कोही पनि सुरक्षित नभएको र उक्त घटनाको दोषी माथि कारवाही नभएसम्म यस नगर पालिकाको कार्यालय तथा वडा कार्यालयमा कार्यत हामी सम्पूर्ण कार्मचारीहरुलाई शान्ती सुरक्षाका व्यवस्था नभएसम्मको लागि कामकाज गर्न असमर्थ रहेको उल्लेख गरेको छ। घटनाको बारेमा प्रमुख प्रशासकिय अधिकृत बगालेसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्। यस सम्वन्धमा धनगढीमाई नगरपालिका १२ नम्वर वडाका वडा अध्यक्ष तथा प्रवक्ता जय प्रकाश ठाकुरसँग बुझ्दा उनले आफूले अझै आधिकारीक जानकारी नपाएको भन्दै घटनाको विषयमा अन्यत्रबाट जानकारी पाएको बताए।  यो क्षेत्रमा विकास निर्माणको नाममा मनपरी अबैध रुपमा ग्राइभेल उत्खनन गर्दै आएको छ । यस प्रति नगरपालिका तथा प्रहरी प्रशासन समेतको उदासिन देखिएको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९