बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै

नेपालगन्ज,  बाँकेमा चक्ला वनको सङ्ख्या तीन पुगेको छ । दिगो वन संरक्षण र व्यवस्थापनका लागि यस वर्ष राप्तीसोनारी–३ र ४ मा भुवरभवानी तथा वडा नं १ मा खर्चेताल चक्ला वन निर्माण गरेसँगै चक्ला वनको सङ्ख्या तीन पुगेको हो ।  डिभिजन वन कार्यालयका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले जिल्लामा चालु आर्थिक वर्ष २०८२÷८३ मा दुई चक्ला वन थप गरिएको जानकारी दिनुभयो ।

 

 

डिभिजन वन कार्यालयका अनुसार राप्तीसोनारी गाउँपालिकाको माथेवास–शम्शेरगञ्ज क्षेत्रमा यसअघि एक मात्र चक्ला वन रहेकामा चालु आर्थिक वर्षमा थप दुई चक्ला वन निर्माण गरिएको छ ।  सिनियर डिभिजनल वन अधिकृत गुप्ताका अनुसार माथेवास–शम्शेरगञ्ज चक्ला वन क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो चक्ला वन हो ।  ३१ वटा सामुदायिक वनलाई समेटेर दुई हजार ५७८ हेक्टरमा फैलिएको यस वनमा दिगो तथा व्यावसायिक वन व्यवस्थापन अभ्यास हुँदै आएको छ ।

 

 

दिगो वन व्यवस्थापनबाट अहिलेसम्म करिब सात लाख क्युफिट काठको उत्पादन भएको जानकारी दिँदै वन अधिकृत गुप्ताले अर्को आर्थिक वर्षमा करिब नौदेखि १० लाख क्युफिट काठ उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।  “वनको हैसियतमा पनि सुधार भएको छ, सालको वनमा सिसौ लगाएर वन व्यवस्थापन गरिएको छ,” उहाँले भन्नुभयो ।

 

 

वन व्यवस्थापनबाट सामुदायिक वनका उपभोक्ताले सर्वसुलभ रुपमा काठ प्राप्त गरेको र आम्दानीको स्रोतमा समेत वृद्धि हुँदै गएको वन कार्यालयको भनाइ छ । डिभिजन वन कार्यालयका अनुसार यसअघि सालका पुराना रूख मक्काएर खेर जाने अवस्था रहेको र चक्ला वन व्यवस्थापनमार्फत नयाँ रूख हुर्कन उपयुक्त वातावरण तयार गरिएको छ ।  उमेर पुगेका रूखलाई निश्चित मापदण्डअनुसार कटान गर्ने र नयाँ रूख हुर्काउने वैज्ञानिक विधि अपनाइएको वन अधिकृत गुप्ताले उल्लेख गर्नुभयो ।

 

 

तीन चक्ला वन र ५८ सामुदायिक वन गरी करिब २० हजार हेक्टर क्षेत्रफलमा चक्ला वन तथा सामुदायिक वन संवद्र्धन प्रणालीअन्तर्गत दिगो वन व्यवस्थापन लागू गरिएको डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख तथा सहायक वन अधिकृत सुशील सुवेदीले बताउनुभयो ।

 

 

उहाँका अनुसार तीनवटै चक्ला वन र ५८ सामुदायिक वन गरी १९ हजार ६५३ हेक्टर क्षेत्रमा दिगो वन व्यवस्थापन लागू गरिएको छ । चक्ला वनको विकास र विस्तारले वन संरक्षण, राजस्व सङ्कलन तथा स्थानीय रोजगारी सिर्जनामा सहयोग पुगेको विश्वास गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९