बर्दगोरियाको सर्वपक्षीय विकासमा प्रतिबद्ध छु : अध्यक्ष कुँवर

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले गाउँपालिकाको समग्र पक्षको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । गाउँपालिकाको वडा नं.–३ स्थित ‘आरोमा वेथलेहेन’ चर्च भवनको शनिबार शिलान्यास गर्दै अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा जनअपेक्षा अनुसार विकास निर्माणका कामहरु भइरहेको दाबी गरे ।

सो अवसरमा अध्यक्ष कुँवरले जनताको जनमत खेर जान नदिन आफू प्रतिबद्ध रहेको बताए । ‘यहाँका जनताले मलाई हिजो अमूल्य भोट दिएर जिताउनु भएको हो, अध्यक्ष कुँवरले भने, ‘तपाईहरुको भोटको म कदर गर्नेछु । यस वडाको विकास लागि कुनै चिजको पनि कमि हुन नदिने म प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले बर्दगोरियामा स्थानीय सरकारको दोस्रो कार्यकालमा आफू निर्वाचित भएर आइसकेपछि विगतका अधुरा आयोजनाको कार्यान्वयनसँगै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, बाटोघाटो र पुलपुलेसा निर्माणलाई प्राथमिकताका राखेर काम गरिरहेको बताए । उनले गाउँपालिकाले आफ्नै साधन र स्रोतको उपयोग गरेर गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा जोड दिएको बताए ।

सामुदायिक विद्यालयमा मावि तहसम्म निशुल्क शिक्षा, संस्थागत विद्यालयका पाठ्यपुस्तकमा एकरुपता, ग्रामीण सडकको स्तरोन्नति, शुद्ध खानेपानी आयोजनाहरुको कार्य चरणबद्ध रुपमा भइरहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल ख्रिष्टियन ‘एफ जेटी चर्च’ का प्रमुख चुडामणी राजवंशीले बर्दगोरिया गाउँपालिकाका जनताले विकासप्रेमी अभिभावक पाएको बताउँदै चुनाबी समयमा गरिएका प्रतिबद्धता क्रमशः गाउँपालिका अध्यक्षले पूरा गरेकोप्रति खुशी व्यक्त गरे ।

‘पाँचवर्ष पहिले यहाँ आवतजावतको बाटो पनि थिएन’ उनले भने, ‘अहिले हरेक बाटोहरु फराकिलो भइरहेका छन्, पानीपिच भइरहेका छन्, उहाँ (गाउँपालिका अध्यक्ष) गाउँपालिकाको विकासको निम्ति कसरी कम खर्चमा गुणस्तरीय बाटोघाटोहरु बनाउन सकिन्छ । जनताको सेवा र सुविधामा केन्द्रित एक खुला विचारको व्यक्ति हुनुहुन्छ ।’

उनले सबै धर्म र समुदायप्रति समान विचार रहेको पनि बताए । ख्रिष्टियन समुदायको हकहितका निम्ति पहल गरिएको बताउँदै उनले गाउँपालिकालाई धन्यवाद दिए । गाउँपालिकाको १० लाख रुपैयाँ लागतमा भवन निर्माण शुरु गरिएको वडा सदस्य कपिल गुरुङले जानकारी दिए ।

उक्त भवन निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । योजनाको काम चालू आर्थिक वर्षभित्रै सक्ने गरी भवन निर्माणको काम तीब्र गतिमा भएको उल्लेख गरे । यस पटकको बजेटबाट भवनको जग र पिलरहरु निर्माण हुनेछ । थप बजेट व्यवस्थापन भएको अवस्थामा अन्य काम थालिने उनले जानकारी दिए । सो वडामा ख्रिष्टियन धर्मप्रति आस्थावान तीनसय बढीले नियमित संगति गरिरहेको वडा सदस्य गुरुङले बताए ।

यस्तै, गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले वडा नं.–३ स्थित जगदम्बिके भगवती माविको निर्माणाधीन विद्यालय भवनको प्रगतिबारे जानकारी लिएका छन् । आयोजनाको अनुगमनको क्रममा गुणस्तरीय काम गर्न निर्देशन दिँदै उनले गाउँपालिकाले भवनको दोस्रो तला थपका लागि आगामी वर्ष आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा निर्माण भइरहेको विद्यालय भवनका लागि गाउँपालिकाबाट यसवर्ष २५ लाख बजेट विनियोजन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर खड्काले भवन निर्माण कम्पनीका ठेकेदारको लापरबाही र प्राविधिक कर्मचारीको ढिलासुस्तीले समयमै निगरानी नहुँदा निर्माण कार्यमा बाधा भइरहेको बताए ।

उनले बोलाइएका बेला प्राविधिक कर्मचारीको नआउँदा पटकपटक काम हेरफेर गर्नु परेको गुनासो गरे । अनुगमनमा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम र समाजसेवी मिनबहादुर बम लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९