मानसिक सवास्थ्यको उपचारपछि खुसीभए साहारा घरका असहायहरु

बौनियाँ । घरनिकाला गरी जबरजस्ती सडकमा पुगार्ईएका असहायहरुको आश्रय स्थल बनेको छ बर्दगोरियामा रहेको साहारा घर । खुसी खोसिएका रहर लुटिएका असहाय मानसिक रोगका बिरामीहरुको अवस्था हेर्दा सबैको मन भाबुक बनेर आउँछ । साहारा घरका सेवकहरुले मानसिक असन्तुलन गुमाई असहाय भएर सडकमा जथाभावी हिड्नेहरुको उद्धार नगरेको भए उनीहरुको जीवन कस्तो हुन्थ्यो होला ? साहारा घरमा जाने जोकोहीको मनमा यस्तै अनगिन्ती प्रश्नहरु खेल्ने गर्छ ।

 

कडा खालको मानसिक समस्या भोग्दै आएका असहायहरुको असमान्य व्यवहारलाई हाँसीहाँसी साहारा घरका सेवकहरुले खुसीका साथ स्वीकार्दै आएकाछन् । माया नपाएकाहरुलाई हामीले माया नगरे कसले माया गर्छ ? भन्ने सोचका साथ परिवारका सदस्य जस्तै मानवीय व्यवहार गर्दै आएको दृश्य देख्दा साहारा घर पुग्ने जोसुकैको मन भावुक भएर आउँछ । साहारा घरका सेवक बलहादुर बिष्टको सेवाभावको कामले मनैदेखि उनीप्रति सम्मानभाव जागेर आउँछ ।

 

असार २८ गते बिहान बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेराज गिरी, वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द्र बिक, मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरी, लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा कार्यरत मनोसामाजिक सुपरभाईजर एभन श्रेष्ठ र मनोसामाजिक परामर्शकर्ता धनराज विक र बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नृप बिष्ट मानसिक रोग विशेषज्ञ सहित औषधि लिएर पुगेका थिए ।

 

साथमा २ नम्बर वडा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख पुष्पराज खतिवडा, पत्रकार चन्द्रप्रसाद खनाल र भिम बिसीपनि गएका थिए । त्यहाँ पुग्दा गोलघेरामा सहारा घरका सेवक र असहाय मानसिक रोगका बिरामीहरु उपचारको प्रतीक्षा गरेर बसिरहेका थिए । हामीहरु पुग्ने बित्तिकै साहार घर व्यवस्थापनमा काम गर्दै आएका सेवकहरुले फुलको गुच्छाले स्वागत गरेका थिए ।

 

स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा आइपास सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तरगत बिहिबार साहारा घरमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवादिन औषधि सहित डाक्टरको टोली पुगेको हो ।

 

साहारा घरका संचालक बलबहादर बिष्टले मानसिक समस्या भोग्दै आएकाहरुको अवस्थाको बारेमा कताउँदै गर्दा टेबलमा औषधी मिलाएर राख्ने काम भएको थियो । औषधि र बिपी जाँच्ने सामाग्री देखेपछि मानसिक रोगका बिरामीहरु स्वास्थ्य चेकजाँच गर्न उत्साही भईरहेका थिए । यसैबीचमा औपचारिक उद्घाटन समारोह कार्यक्रम सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता धनराज विकले सुरु गरे ।

 

औपचारिक कार्यक्रमको समापनपछि डाक्टर गिरीले स्वास्थ्य सेवादिन सुरु गरिन् । सबैभन्दा पहिले धनगढी घरभएका साहारा घरमा कमाण्डर नामले परिचित सेवाग्राहीले सेवा लिए । उनलाई कडा खालको मानसिक रोग देखियो । स्वास्थ्य चेकजाँच गरेर डाक्टरले औषधि दिएपछि कमाण्डर खुसी हँदै मुस्कुराए । औषधी खाएपछि आफूलाई निकोहुने विश्वास उनले गरेकाछन् ।

 

दार्चुला घर भएकी माया धामीको काखमा दुधखाने बच्चा थियो । उपचार गर्ने बेलामा आफ्नो विगत सम्झेर उनी आँशु झारेर लामो समयसम्म रोहिन् । धामीलाई पनि कडा खालको मानसिक रोग देखिएको थियो । आफ्नो मनका कुरा भन्न र उपचार सेवा पाउदा मन खुसी र शान्त भएको धामीले बताईन् । उपचार लिने सबै असहायहरु खुसी देखिएका थिए । साहारा घरका ६३ जनाले मानसिक स्वास्थ्य सेवा लिएकाछन् । धेरैमा कडा खालको र दृघकालीन समस्या देखिएको छ । करिब १५ जना नियमित औषधिको प्रयोगपछि घर जानसक्ने अवस्थामा रहेको डाक्टर अभिलासा गरिले बताईन् ।

 

साहारा घरका संचालक बलबहादुर बिष्टले नेपाल सरकारबाट निशुल्क पाईने मानसिक रोगको औषधि पनि खुवाउन नसकिएको दुःखेसो सुनाए । औषधिका लागि धेरै सास्ती भोग्नु प¥यो तरपनि औषधि नपाएको उनले बताए । युएनएफपिए, आईपास र सीएमसी नेपालले साहारा घरमै आएर मानसिक रोगको उपचार गरेकोमा खुसी हुँदै सहयोगको अपेक्षा सहित बिष्टले धन्यवाद् समेत व्यक्त गरे ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणशेराज गिरीले असहायहरुको सेवामा साहारा घरले धेरै राम्रो काम गरेको बताए । मानसिक रोगको औषधि र आवश्यक सहयोगको व्यवस्था स्थानीय सरकारले गर्ने उनले बताए । मानव सेवाको काममा सबै लाग्नुपर्ने भन्दै मानसिक स्वास्थ्य सेवा दिने संस्थाको कामको गिरीले प्रशंसा गरे । सरकार र गैरसरकारी संघसंस्था मिलेर कामगर्दा समाजमा परिवर्तन देखिने गरी काम गर्न सकिनेमा उनले जोडदिए । कार्यक्रमका अध्यक्ष एवम् वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द्र बिकले मानसिक रोगको औषधि उपारले ठूलो सहयोग पुगेको बताए ।

 

बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नृप बिष्टले मानसिक रोगका बिरामीको लागि औषधि निकै महत्वपूर्ण रहेको बताए । औषधि सहित मनोचिकित्सक डाक्टर ल्याएर उपचार गरेकोमा आफूलाई खुसी लागेको भन्दै मानसिक रोगको औषधि अबदेख स्वास्थ्य शाखाबाट पहल गरेर उपलब्ध गराउने उनले बताए । मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरीले सदूरपश्चिममा म एउटा मात्र टीकापुर अस्पतालमा सेवारत छु । यसबाट थाहा हुन्छकी मानसिक स्वास्थ्यमा सुदूरपश्चिम कति पछाडी छ भन्ने । अस्पतालमा पनि मानसिक स्वास्थ्य सेवा लिन धेरै बिरामीहरु आउने गरेको अनुभव उनले सुनाईन् । मानसिक सवास्थ्य सेवाको औचित्यमाथि सीएमसी नेपालका मनोसामाजिक सुपरभाईजर एभन श्रेष्ठले प्रकाश पारेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गलैँचा बुन्न व्यस्त महिलाहरू

तुलसीपुर (दाङ), तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त हुनुहुन्छ । उहाँ गलैँचा बुनेर घरखर्च चलाउने योजनामा हुनुहुन्छ ।“पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च...

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ,  विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३१,...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ,  पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम,  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।     म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य...

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

अमरगढी (डडेल्धुरा), सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ ।डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो । कैलालीले ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदक जितेको छ ।     त्यसैगरी, कञ्चनपुर ४३ पदकसहित द्वितीय तथा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९