चाडपर्वमा हुने कालोबजारी रोक्न मन्त्री आफैँ निस्किए अनुगमनमा

धनगढी,  । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ।चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेससिंह धामी आफैँ अनुगमनमा सहभागी भएका छन्। ‘चाडवाडमा व्यवसायीले उपभोक्तालाई ठग्ने, कालोबजारी गर्ने म्याद नाघेका सामग्री वेचविखन हुने गरेको गुनासो आउने गरेको छ,’ उद्योगको अनुगमन गर्नेक्रममा मन्त्री धामीले भने, ‘त्यसतो बदमासि नहोस् भनेर उद्योगको अनुगमन गरिएको हो।’

 

दैनिक उपभोग्य सामग्री विक्रेता भन्दा पनि उपभोग्य सामग्री उत्पादन हुने ठाउँमै अनुगमन गर्दा उपभोक्ताले गुणस्तरिय सामग्री प्रयोग गर्न पाउँछन् भन्ने सोचका साथ उद्योगको अनुगमन गरिएको मन्त्री धामीले बताए। टोलीले धनगढीस्थित राजश्री फुड इन्ड्रस्ट्रिज, सुदूरफूड इन्ड्रस्ट्रिज, गोदावरी फ्लोर मिल र ठाकुर एग्रो इन्ड्रस्ट्रिजमा अनुगमन गरेको हो। सो क्रममा सुदूरफूड इन्ड्रस्ट्रिजमा सामान्य सरसफाई गर्नुपर्ने सुझाव दिइएको थियो।

 

तर ठाकुर इन्ड्रस्ट्रिजमा भने अखाद्य वस्तु भएको हुन सक्ने अनुमान गरिएको छ। अनुगमनका क्रममा अन्य उद्योगबाट उत्पादन गरेर ल्याइएका चामलको बोरा भेटिएका थिए। ती बोरामा उत्पादन मिति र म्याद समाप्त हुने मिति पनि उल्लेख गरिएको थिएन। केही चामको बोरामा भने कुनै कम्पनीको श्रोतसमेत उपलब्ध गरिएको थिएन।

 

उद्योगले भने कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने अनुमति लगेरमात्रै बाहिरबाट चामल ल्याइएको जनाएको छ। कम्पनीका प्रतिनिधि शुभठाकुरले बाहिरबाट कच्च पदार्थका रूपमा चामल ल्याउने अनुमति लागेको बताए पनि त्यसको प्रमाण भने बुझाउन सकेनन्। उद्योगमा धेरैनै समस्या देखिएको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले भने बाहिरबाट चामल ल्याएर प्रशोधन गर्न पाउनेगरी लगेको अनुमति पत्र पेश गर्न एक दिनको समय दिएको छ।

 

सादा बोरामा मसिनो चामलमात्रै रहेको पाइएपछि मन्त्रालयले उद्योगलाई शुक्रबारसम्म त्यसो गर्नाको कारण पेस गर्न समय दिएको मन्त्री धामीले बताए। एक दिनभित्र कागजात पेस गर्ने समयावधि दिएका छौं’, मन्त्री धामीले भने, ‘शुक्रबार सम्म चित्तबुझ्दो कागजात नआएमा नियम अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने छ।’ मन्त्री धामीले उपभोक्तालाई ठग्न खोज्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

 

‘प्रदेश सरकार जनताको पक्षमा, सुशासनको पक्षमा काम गर्न कटिबद्ध भएर लागेको छ,’ मन्त्री धामीले भने, ‘उद्योगीलाई सहुलिएत दिने र सहज रूपमा काम गर्ने वातावरण निर्माण गर्न सहजिकरण गर्ने काम पनि प्रदेश सरकारले गर्ने छ, तर गठि गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन, त्यसो गर्ने कसैलाई पनि उन्मुक्रि दिइने छैन, कडा कारबाही गरिने छ।’

 

अनुगमनका क्रममा उद्योगिका समस्या पनि सुनेको मन्त्री धामीले बताए। ‘उद्योगिले सीमा नाकामा क्यारेन्टिन नहुँदा बढी समस्या हुने गरेको, दोहोरो करको मारमा परेको जस्ता समस्या व्यक्त गरेका छन्,’ मन्त्री धामीले भने, ‘ती समस्या समाधानका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ।’ सीमा नाकामा क्वारेन्टिन स्थापना गर्न आफुले संघिय सरकरारसंग पहल गरिरहेको मन्त्री धामीले बताए।

 

मन्त्री धामीको नेतृत्वमा गएको उनुगमन टोलीमा प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक खेम चौधरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्हरी निरिक्षक सन्तोष बस्याल, खाद्य प्रबिधि तथा गुण निण्न्त्रण कार्यालय धनगढीका अनुगमन अधिकृत दिपक कुँवर, धनगढी उप महानगर पालिकाका प्रसितनिधि, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गलैँचा बुन्न व्यस्त महिलाहरू

तुलसीपुर (दाङ), तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त हुनुहुन्छ । उहाँ गलैँचा बुनेर घरखर्च चलाउने योजनामा हुनुहुन्छ ।“पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च...

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ,  विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३१,...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ,  पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम,  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।     म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य...

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

अमरगढी (डडेल्धुरा), सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ ।डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो । कैलालीले ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदक जितेको छ ।     त्यसैगरी, कञ्चनपुर ४३ पदकसहित द्वितीय तथा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९