शारदा नगरपालिका-४ लामाडाँडा घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ ट्र्याक्टर एक्कासी गुड्दा शुक्रबार बेलुकी साढे ५ बजेतिर चन्दका छोरा दिक्सनको मृत्यु भएको हो। ट्र्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।उनका अनुसार ट्र्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लाने तयारी भइरहेको छ।
तुलसीपुर (दाङ), तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त हुनुहुन्छ । उहाँ गलैँचा बुनेर घरखर्च चलाउने योजनामा हुनुहुन्छ ।“पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च...






















































































































































