सांसद यादवकाे ससुरा मिटरब्याँजी, कारबाही नहुदाँ न्यायको पर्खाइमा रहेका सिरहाका मिटरव्याजी पिडित

सिरहा । सिरहामा मिटरब्याज सम्वन्धी ऐन–कानुन् कार्यान्वनको माग गर्दै मिटर व्याज पीडितहरु फेरी आन्दोलनमा उत्रिन बाध्यय भएका छन्।मिटरव्याज पीडितहरुको लामो आन्दोलन पछि सरकारले कानुन् बनाएपनि कार्यान्वयमा  ढिलासुस्ती र पीडककै हालिमुहाली हुन थालेपछि पीडितहरु पुनः आन्दोलनमा उत्रीन बाध्यय भएका हुन्। पीडितको दवावपछि सरकार कानुन् बनाउन बाध्य भएपनि कार्यान्वयन गर्ने पदाधीकागरीहरु पीडकबाट प्रभावित भएर कानुन कार्यन्वनमा बेवास्ता गरेकाले आफूहरु फेरी सडकमा उत्रनु परेको बताए। आन्दोलनरत्त मिटरव्याजीहरुले सिरहा सदरमुकाममा प्लेकार्डमा ‘मिटरव्याजीको समर्थनमा लागेका सरकारी अधिकारी मुर्दावाद, ‘सिडियो कार्यालयमा गरिने ढिलासुस्ती अन्त्य गर, सुदखोरीलाई कारवाही गर, सुदखोरी विरुद्ध जाहिरी दर्ता गर, भ्रष्ट प्रशासन मुर्दावाद’ लगायतका नाराबाजी गरेर सदरमुकाम परिक्रमा गरेका थिए।

न्यायको पर्खाइमा मिटरव्याज पिडित
सरकारले अनुचित लेनदेन (मिटरव्याज)को कारोवार गर्ने विरुद्ध ऐन पारीत गरेपछि सिरहामा करिव ३७ सय उजुरी दर्ता भएका थिए । मिटरव्याजी पीडितहरुले सुदखोर विरुद्ध उजुरी दर्ता गराएपनि जिल्ला प्रशासनका तोकिएका कर्मचारी र मिटरव्याजी विचको साठगाँठमा करिव ३ सय समान्य लेनिदेनिका मुदाहरु मात्र मिलापत्र भएको पीडितहरु बताउँछन्। जिल्ला प्रशासन कार्यालयले नामुद मिटरव्याज साहुहरुसँगको मिलेमत्तोमा उनीहरुकै बचाउमा हुनेगरी निर्णय गरेको मिटरव्याज पीडितहरुले आरोप लगाएका छन्; धेरै मुद्दाहरु पेन्डिङ्ग बनाएर राखेको पीडितहरुको आरोप छकर्मचारी र सुदखोरको सेटिङ्गले कतिपय मुद्दा पेन्डिङ नै छ, सुनवाही नै अगाडि बढाई रहेका छैनन्; गोलबजार नगरपालिका ८ का मिटरव्याज पीडित विरेन्द्र कुमार यादवले भने, ‘मैले न्यायको लाग जिल्ला प्रशासन कार्यालयमा पहिलो लटमै उजुरी हालेपनि अहिलेसम्म छलफल हुन सकेको छैन। म धेरै पटक जिल्ला धाईसके कुनै सुनवाईनै भइरहेको छैन।’यादवले गत २०६९ साल ५ महिना २० गते आर्नामा गाउँ पालिका १ बुढियाचापका नामुद मिटरव्याजी राम सेवक यादबसँग सैकडा ३ रुपैयाँ (वर्षिक ३६ प्रतिशत) दरले व्याँज तिर्ने सहमतिमा करिव दुइ करोड वरावरको जग्गा पासगरी ५ लाख रुपैयाँ लिएका थिए। उनले करिव १ वर्षको अवधिमा पटक पटक गरी १४ लाख ७५ हजार रुपैयाँ ऋण लिएकोे राम सेवकले नै व्याज सहित हिसाव गरी दिएको हस्तलिखित लेखतमा उल्लेख गरेका छन्। त्यसपछि मिटरव्यज पीडित विरेन्द्रले पछिल्लो ३ वर्षको अवधिमा  राम सेवक यादब (मास्टर)संग पटक–पटक गरी ८१ लाख रुपैयाँ लिएको बताए। यसरी लिएको ऋणको व्याजसहित आफूले ३ करोड नगद बुझाएपनि धितो राखेको जमिन फिर्ता गरेको छैन। उनले भने, ‘ऋण लिएको चार वर्षमा करिव ३ करौड रुपैयाँ बुझाई सके, यो मैले सर्त गरेर लिएको ३६ प्रतिशत व्याजले पनि बढी रकम हो। पछि मैले हिसाव गरौं भन्दा भागेर हिड्ने र धितोको लागि राखिएको ८ करौड भन्दा बढीको करिव २ विघा जग्गा समेत फर्काएनन्। बरु उनले धितोको जमिन पनि बेचे र त्यतिले पनि पुगेन भन्दै अन्त्यमा १८ लाखको कपालि पनि गरायो।’ अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा राम सेवक यादबको नाममा विरेन्द्रसहित १४ वटा भन्दा बढी उजुरी परेको छ। जिल्लाकै नामुद मिटरव्याजीको रुपमा जिल्लामा परिचित यादवको विरुद्ध धेरै उजुरी परेपनि उनी राजनीतिक प्रभावका कारण खुल्लमखुल्ला हिडिरहेका छन्। बरु रामसेवकले उल्टै पीडितहरुलाई धम्याउने गरेको पीडितहरु बताउँछन्। रामसेवक पूर्व मन्त्री तथा वर्तमान सिरहा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य राजकिशोर यादवका ससुरा हुन्। अर्का पीडित अर्नामा गाँउपालिका १ महनौरकै मायादेव चौधरीले उनै नामुद मिटर व्याजी राम सेवक यादबको चपेटामा परेका छन्। उनले २०५७ सालमा राम सेवकसंग घरखर्चका लागी २५ हजार रुपैयाँ पाचँ रुपैया सैकडा (वार्षिक ६० प्रतिशत) व्याजदिनेगरी लिएका थिए।चौधरीले ऋण लिएको एक दिन अगावै रामसेवककी श्रीमती दौलत देवी यादबको नाममा हालको चलनचल्ती मुल्य करिव २० लाख प्रतिकठ्ठा पर्ने ८ कठ्ठा जग्गा धितोबापत पास गरेको बताउँछन्। चौधरीले थप ११ वर्षको अन्तरालमा पटक पटक गरी ७ लाख ८१ हजार रुपैयाँ ऋण लिएको बताए। उनले भने, ‘मैले ऋण लिएको तिन वर्षपछि व्याज सहित तिन लाख २५ हजार नगदी दिएँ, वाँकी रहेको साँवा र व्याज सहित लिएर म उनको घरमा पुग्दा पैसा लिन मानेनन्।’‘पछि बुझ्दै जाँदा रामसेवकले धितो राखेको जग्गा अरुलाई नै वेचिदिएको कुरा सुने, मालपोतमा जादाँ श्याम सुन्दर कामतीको नाममा पास गरेको रहेछ; उनले थपे, ‘म सोझो मान्छे, मलाई थाहै थिएन। उसले मालपोतमा जानुपर्छ भनेर लिएर गयो। मैले उसले भनेका ठाउँमा ल्याप्चे लगाइदिएँ। आवश्यकपर्दाका बखत मैले उनीसंग नै लेनदेन गर्थे, पटक पटक गरी करिव १ विघा १४ कठ्ठा जग्गा पास गरेछ। अहिले उनले त मलाई उठिवास नै गराइदियो।’

मिटरव्याज पीडित यादवले ऋणीको जग्गा जमिनमात्र हड्पेनन्। अहिले जिल्ला प्रशासनलाई नै प्रभावमा पारेर फर्जि मिलापत्रको निवेदन दिने र मिलापत्र भएको भन्ने हल्ला चाएका छन्। गोलबजार ८ का विरेन्द्र यादवको नामको उजुरीमा एक दिन पनि छलफल नगरी मिलापत्रका फर्जि निवेदन हालेर मिलापत्र गरेको भन्दै प्रशासन नै भनिरहेका छन्। त्यहि आधारमा प्रशासन पनि उनको बचाउँमा लागेका छन्। यस्तो खालको गतिविधिले प्रशासन पनि संकाको घेरामा परेको छ।यता, जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ नरेश कुमार यादवसङ्ग जिज्ञासा् राख्दा ` मिटरब्याजी रामसेवक यादव र पिडित बिरेन्द्र यादवको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ। उनले ` छिटै कुनै निकास निसकिन्छ हामी अनुसन्धानकै क्रममा छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९