काठमाडौँ। ईङलिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले अग्रता लोएको आर्सनलले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।
फुलह्यामको जितका लागि खेलको २९औं मिनेटमा राउल जिमेनेज र खेलको ५९औं मिनेटमा बबी डे कोर्ड़ोभाले गोल गरेका थिए । यसअघि खेलको पाँचौं मिनेटमा बुकायो साकाले आर्सनलका लागि शुरुवाती गोल गरेका थिए । यो फुलह्यामको यस सिजनमा सातौं जित हो । यो जितपछि २० खेलमा २४ अंकसहित फुलह्याम अंक तालिकामा १३औं स्थानमा रहेको छ । त्यस्तै आर्सनलको भने यो यस सिजनमा चौथो हार हो । यो हारपछि आर्सनलको २० खेलमा ४० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

























































































































































