श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने

सुरुङ्गा (झापा),  शिक्षा, विज्ञान, अनुसन्धान र कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई प्रदान गरिने प्रतिष्ठित ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तरराष्ट्रिय प्रज्ञा पुरस्कार’ यस वर्ष प्राडा सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

 

 

त्यस्तै ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङ र एग्रो मनाङ प्रालिलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । झापाको भद्रपुरस्थित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारको बारेमा जानकारी गराएको छ । यही जेठ ३० गते काठमाडौँमा आयोजना हुने समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिष्ठानले सामाजिक सेवा, शिक्षा, कृषि, पत्रकारिता, साहित्य तथा बाल विकासका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई सम्मान गर्दै आएको छ । विसं २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले विभिन्न विधाका राष्ट्रिय पुरस्कारमार्फत समाजमा प्रेरणादायी योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्दै आएको छ ।

 

 

यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रज्ञा पुरस्कार’को राशी पाँच लाख रूपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीद्वारा जारी विज्ञप्तिअनुसार उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, नीति निर्माण तथा शैक्षिक नेतृत्वमा पुर्‍याएको दीर्घकालीन योगदानको कदरस्वरूप प्राडा सुरेशराज शर्मालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

 

 

प्राडा शर्मा नेपालमा आधुनिक उच्च शिक्षाको विकासका अग्रणी व्यक्तित्व मानिनुहुन्छ । उहाँ काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति रहनुभएको छ । नेपालमा कम्प्युटर इन्जिनियरिङलगायत विभिन्न प्राविधिक विषयको उच्च शिक्षा विस्तार, प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सीटीइभीटी)को संस्थागत विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

 

 

त्यसैगरी, देशमा नवप्रवर्तन, अनुसन्धान र प्रविधिको विकासमार्फत युवा वैज्ञानिक तथा आविष्कारकलाई प्रोत्साहन पु¥याएको योगदानको मूल्याङ्कन गर्दै राष्ट्रिय आविष्कार केन्द्रलाई पनि संयुक्त रूपमा प्रज्ञा पुरस्कार प्रदान गर्न लागिएको हो । वैज्ञानिक तथा आविष्कारक  एवम् प्रतिनिधिसभा सदस्य महावीर पुनको अग्रसरतामा स्थापना भएको केन्द्रले अनुसन्धान, उद्यमशीलता र प्रविधिमैत्री विकासलाई जोड दिँदै आएको छ ।

 

 

यता ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’को राशि एक लाख एक हजार १११ रूपैयाँ रहेको छ । नेपालमा उच्च घनत्वयुक्त स्याउ खेती प्रविधिको विस्तार, बागवानी अनुसन्धान तथा कृषक क्षमता विकासमा पुर्‍याएको योगदानका लागि वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङलाई पुरस्कार प्रदान गरिने भएको हो ।

 

चार दशकभन्दा बढी समय कृषि क्षेत्रमा सक्रिय गुरुङले सरकारी सेवामा रहँदा तथा अवकाशपछि पनि स्याउ खेतीको आधुनिकीकरण, नयाँ प्रविधिको विस्तार र कृषक प्रशिक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा उच्च उत्पादनशील स्याउ खेती विस्तारमा उहाँको योगदान उल्लेखनीय मानिएको छ ।

 

 

त्यस्तै कृषि पुरस्कारतर्फ नै  एग्रो मनाङ प्रालिले नेपालमा पहिलो पटक व्यावसायिकस्तरमा उच्च घनत्वयुक्त स्याउ बगैँचा स्थापना गरेर आधुनिक फलफूल खेतीको नमूना प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ । मनाङको दुर्गम क्षेत्रमा स्थापना भएको कम्पनीले स्याउ उत्पादनसँगै प्रशोधन, भण्डारण, बजार व्यवस्थापन र ग्रामीण रोजगारी सिर्जनामा योगदान पुर्‍याएको उल्लेख छ ।

 

 

प्रतिष्ठानका अनुसार एग्रो मनाङको पहलले आधुनिक स्याउ खेती प्रविधि अन्य हिमाली जिल्लामासमेत विस्तार हुन थालेको छ । यसबाट आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा टेवा पुगेको विश्वास गरिएको छ ।प्रतिष्ठानले विगत वर्षमा पनि कृषि, शिक्षा, पत्रकारिता, साहित्य, मातृत्व तथा बाल विकासका क्षेत्रमा योगदान पुर्‍याउने दर्जनौँ व्यक्तित्व र संस्थालाई सम्मान गरिसकेको जनाएको छ । यसवर्षका सम्मानित व्यक्तित्व र संस्थाले राष्ट्र निर्माण, ज्ञान–विज्ञानको विकास तथा कृषि आधुनिकीकरणमा पुर्‍याएको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानको भनाइ छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९