मस्को । युक्रेनले कडा कारबाही सुरू गरे पछि रूसले पनि जवाफी कारबाही सुरू गरेको छ । युक्रेनको बमबारीमा कम्तिमा २४ जनाको ज्यान लिएपछि रुसले सीमावर्ती सहर बेलगोरोड, खार्किभमा रहेको सैन्य स्थलमा भिषण हमला गरेको छ ।रूसका अनुसार यसलाइ बदलाात्मक हमलाको रूपमा ब्याख्या गरेको छ ।खार्किभमा रूसले प्रहार गरेको मिसाइल र ड्रोन हमलाबाट कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभले टेलिग्राममा पोस्टमा भनेका छन, उद्धारकर्ताहरूले खार्किभ क्षेत्रको बोरोभा गाउँमा रुसी आक्रमणबाट क्षतिग्रस्त घरबाट दुई पुरुष र एक महिलाको शव निकालेका छन् ।सो हमला पछि आवासीय भवनहरू, होटलहरू र चिकित्सा सुविधाहरूमा पनि क्षति पुगेको छ । युक्रेनले अगाडी भन्यो, ‘रसियाले खेर्सन, माइकोलाइभ र जापोरिझ्झिया क्षेत्रहरू सहित देशका अन्य क्षेत्रहरूमा रातभर आफ्नो आक्रमण गरेको थियो ।’
उता, रुसको रक्षा मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख गरे अनुसार सो आक्रमणहरूले युक्रेनको निर्णय लिने केन्द्रहरू र सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी सैन्य कमाण्डर र विदेशी भाडामा रहेका सैनिकहरूू माथी हमला गरिएको छ ।धेरै क्षेप्यास्त्रहरू खार्किभ सहरमा प्रहार भएकोमा दुई बालबालिका घाइते भएको युक्रेनी सेनाले जनाएको छ।























































































































































