नेपालमा पनि हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुर । नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण सामग्रीहरु प्रदान गरी उनीहरुले सहयोग गरेको हो ।भक्तपुरको चाँंगुनारयाण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)सँंग सहकार्य गरी अध्ययन सुरु गरिएको हो । अध्ययनका लागि आवश्यक सामाग्रीहरु जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले नेपाल इन्जिनियरिङ कलेज (नेक) लाई आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छे । दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीलाई जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा र तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले संयुक्त रुपमा सामानहरु हस्तान्तरण गरेका हुन् । अध्ययनमा कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पनि प्रयोग गरिने जनाइएको छ । विद्यार्थीलालई प्रेरणा दिइ उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेज काम थालेको कलेजले जनाएको हो । यसको लागि कलेजका प्रोफेसर दिनेशप्रसाद गुरागाईको अध्यक्षतामा हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरिएको छ । हावा इनर्जी परियोजना नामाकरण गरिएको यो परियोजनाका लागि कलेजका प्रोफेसर पाँंच रहेका छन् । कलेजका विभिन्न विभागहरु सिभिल, कम्प्युटर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, इलेक्टिकल एण्ड कम्युनिकेशनका एकएकजना प्रोफेसरहरु सदस्य रहने गरी समिति गठन गरिएको हो । समूहका अध्यक्ष दिनेशप्रसाद गुरागाईले जापानीहरुको प्राविधिक सहयोग तथा कलेजको व्यवस्थापनमा काम थालिएको बताए । यसअनि पनि यो प्राजेक्ट रहेको भन्दै उनले यसलाई सफलतामा पुरयाई छाडने प्रतिवद्धता जनाए ।यसका लागि कलेजमा अध्ययनतर विद्यार्थीलाई प्रयोग गरिने उनले जनाए । पहिलो चरणमा हामीले चाँंगुनारायण नगरपालिकाभित्रका विभिन्न ठाउँंहरुमा हावाको गति नाप्ने काम गर्ने योजना छ, उनले भने, पछि देशका अन्य ठाउँंहरुमा पनि गर्न सकिन्छ । यसका लागि चाँंगुनारायण नगर क्षेत्रका विभिन्न भवनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिने छ । त्यसपछि त्यसबाट हावाको बेग नापिने छ । तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले हावाबाट पनि बिजुली उत्पादन सम्भव रहेको बताए । यही सम्भाबनाका कारण आफूहरुले नेपालमा २०७२ सालको महाभूकम्प पछाडिदेखि हरेक वर्ष आइ कलेजका विद्यार्थीलाई परामर्श दिने गरेको महर्जनले सुनाए । जापानमा प्रयोगमा रहेको यसै प्रविधिबाट नेपालमा पनि बिजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा काम गर्न खोजिएको उनले जनाए । उनले भविष्यमा नेपालबाटै यो अध्ययन अनुसन्धान होस् भन्ने हेतुले आफूहरुले सहयोग गरिहेको बताए । उनका अनुसार जापानमा एक सेकेण्ड पनि कहिल्यै लोडसेडिंग हुँंदैन । नेपालका विभिन्न ठाउँहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अगाडि बढाउन यसो गरिएको उनले जनाए । यही प्रायोजनका लागि जापानको जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा हाल महर्जनसहित नेपालमा छन् । महर्जन पनि तीन दसक अघिदेखि नै जापानमै छन् । नेपालमा अहिलेसम्म हाइडोपावरको प्रयोगबाट मात्रै बिजुली निकालिएको छ । यसबाहेक सोलार प्रणालीबाट पनि घरघरमा सानोस्तरमा उत्पादन गरी बिजुली निकालिएको छ । यसबाहेक अन्य प्रविधिको प्रयोगबाट उपभोग्य रुपमा बिजुली निकाल्न सकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९