काठमाडौ । अप्पर स्याङ्गे हाइड्रोपावरको पुस १७ गते मंगलबार वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको सभा कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।सभामा आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति संगै पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको र सर्वसाधारण सेयरधनीहरुको लागि प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्ने मुख्य प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोज गरिसकेको छ ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...



























































































































































