सांस्कृतिक कार्यक्रम गरेर तामाङ समाजले मनायो माल्टामा सोनाम ल्होछार

माल्टा (युरोप) युरोप माल्टाको राजधानी भेलेटा नजिकै रहेको पेम्ब्रोक भन्ने सहरमा तामाङ समाज माल्टा सोनाम ल्होछार लाई पर्वका् रुपमा मनाउने तयारीमा जुटेको थियो । माघ २७ गते शनिबारका दिन २८६० औं सोनाम ल्होछारलाई पर्वको रुपमा मनाउन माल्टाको विभिन्न स्थानमा बस्दै आएका तामाङ समुदाय आफ्नो मौलिक पहिचान झल्काउने पहिरन लगाएर कार्यक्रम स्थलतर्फ आईरहेका थिए । (तामाङ गैलो) तामाङ समाजको पहिरनमा सजिसजावट भएर आइरहेका तामाङ समुदायले माल्टामा बस्ने देश विदेशका सबैको ध्यानाकर्षण गराएका थिए । रोचकत के थियो भने सोनाम ल्होछार पर्व मनाउन आएका अन्य समुदायका धेरैजसो नेपाली पनि तामाङ पहिरन लगाएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमका आएका अतिथिहरुलाई तामाङ समाज माल्टाले हार्दिकताका साथ स्वागत गरि रहेको थियो । तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन (असिम) र सांस्कृतिक विभाग प्रमुख छिरिङ लामाले नमस्कार गर्दै आगन्तुकलाई स्वागत गरि रहेका थिए । कार्यक्रम स्थल निकै रोचक र आकर्षक देखिन्थ्यो । कामको व्यस्तता र थकानलाई बिर्सेर एकआपसमा नेपालीहरुले आत्मियता आदानप्रदान गर्दै प्रेम साँटासाँट गरि रहेको देख्न सकिन्थ्यो । सन्चो बिसन्चो बारे सोध्दै सुखदुःखका आनन्दले कुरा गरी रहेका थिए । माल्टामा पनि नेपाल चिनाउने काम गरेको भन्दै तामाङ समाज माल्टाको कामगर्ने शैली, सामाजिक एकता र मेलमिलापको सबैले प्रशंसा गरेका थिए । कार्यक्रममा तामाङ समाज माल्टाकी केन्द्रिय सदस्य डोल्मा लामाको भूमिका निकै महत्वपूर्ण देखिन्थ्यो । हामो संस्कृति हामीले नै जोगाउनुपर्छ भन्दै आफ्नो मौलिक पहिचान संरक्षण गरेर देश विदेशमा चिनाउनु पर्ने उनी सन्देश दिदै थिईन् । पहिरन लगाएर आएकाहरुको पहिरन मिलाउँदै लगाउने तरिका समेत लामाले सिकाई रहेकी थिईन् । तामाङ पहिरनमै सजिएर गएका सुदूरपश्चिम घरभई हाल सुदूरपश्चिम सेवा समाज माल्टाका सदस्य समेत रहेका सुमित महराले सामाजिक सद्भाव र एकताको लागि तामाङ पहिरन लगाएर नै आफू कार्यक्रममा आएको बताए । माल्टामा रहेका धेरै नेपालीको कार्यक्रममा सक्रिय उपस्थिति देख्दा निकै खुसी लागेको अनुभव सुनाउँदै तामाङ समाजको संस्कृतिले नेपाल चिनाउने काम भएको उनले बताए । तामाङ समाज माल्टाका महासचिब छेसाङ लोपचन (अशिम) ले औपचारिक कार्यक्रम संचालन गरे । परिवर्तनका लागि बलिदान दिएका दिएका ज्ञातअज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै नेपाली राष्ट्रिय गानमा सरिक भएर देशप्रति सम्मान प्रकट गरिएको थियो । गौतम बुद्धको मुर्तिलाई अगाडी राखेर दीप प्रज्वलन गरी औपचारिक रुपमा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले तामाङ समाज माल्टाले आफ्नो संस्कृति झल्काएर माल्टामा नेपाललाई चिनाउने काम गरेको बताउँदै तामाङ समाजको प्रशंसा गरेका थिए । एकले अर्काको संस्कृतिको सम्मान गर्नुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रमका विशिष्ट अतिथि एवम् पोर्चुगलबाट आफ्नो प्रस्तुती दिन आएका चर्चित गायक पुष्प वाइबाले आफू युरोप लगायत अन्य थुर्पै देशमा प्रस्तुती दिन गएको र यति ठूलो भब्य र सभ्य रुपमा संचालन गरिएको यो पहिलो कार्यक्रम भएको बताए । सयौं जनाको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा वाइबाले आधा दर्जन गीत गाएका थिए । उनका गीतमा दर्शकहरुले नाँच्दै उर्फीउर्फी हुटिङ गर्दै भरपर मनोरन्जन लिएका थिए । मेरो देश मलाई लाग्छ प्यारो, तामाङ जाती हामी उठौं माथि माथि भन्ने गीत गाउदै स्थानीय कलाकार र एनएमबी र एनएसएम ब्याण्डले तामाङ संगितमा साँस्कृतिक प्रस्तुती दिएका थिए । तामाङ समाज माल्टाका अध्यक्ष सुनिल तामाङ दोङलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तामाङ समाजका केन्द्रिय सदस्य सुरज तामाङले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका महासचिव छेसाङ लोप्चन (अशिम) रबिन तामाङ र शान्ती वाईबाले गरेका थिए । अध्यक्ष सुनिल तामाङ दोङलेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद् दिए । हामी विश्वको जुनसुकै ठाउँमा भएपनि नेपाली रिती रिवाज चालचलन र कला संस्कृतिको संरक्षण गर्नुपर्ने उनले बताएका थिए । कार्यक्रममा एनसीसी माल्टाका हरी बिसी र उज्वल केसीले शुभकामना मन्तव्य दिदै तामाङ समाज माल्टाले राम्रो काम गरेको बताए ।     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९