काठमाडाैं बाहिर पहिलाेपटक राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न

भैरहवा । भैरहवामा भएको  राष्ट्रिय महिला उद्यमी सम्मेलनले १० बुदे निश्कर्ष निकालेकाे छ ।पहिलो पटक संघीय राजधानी बाहिर लुम्बिनी प्रदेश, रुपन्देहीको भैरहवामा महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ नेपाल उद्योग बाणिज्य महासंघको आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग बाणिज्य संघको समन्वय तथा सहकार्यमा भएको राष्ट्रिय महिला उद्यमी सम्मेलन भएको हो ।

 

 

सम्मेलनमा महिला उद्यमशीलता नीति र नतिजा, वित्तीय पहुँच, बजारको पहुँच, पर्यटन सम्भावना र चुनौति एवं स्टार्ट अपका सम्भावना बिषयमा छलफल गरी निष्कर्ष सहितको सुझाव तयार भएको र सम्बन्धित निकायहरुमा प्रस्तुत गरिने नेपाल उद्योग बाणिज्य महासंघ महिला उद्यमी बिकास समितीको सभापति कमला श्रेष्ठले जानकारी दिइन ।

 

 

यस्तै सम्मेलनले महिला उद्यमशीलता लक्षित नीतिहरु कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको संजाल मार्फत तिनै तहका सरकारमा निरन्तर पैरवी गर्ने, महिला उद्यमशीलताका लागि दिइदै आएको सहुलियतपूर्ण कर्जा रोकिएकोमा उक्त कर्जा पुन सुचारु गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लगायतका निकायको ध्यानकर्षण गराई कार्यान्वयन गर्न पहल गर्ने, घरेलु, साना तथा मझौला उद्यमहरुको दर्ता र नविकरण धेरै निकायमा गर्नुपर्ने वाध्यता भएको सन्दर्भ एउटा निकायमा मात्रै दर्ता गर्न सक्ने व्यवस्था गर्न सबै सरकारको ध्यानाकर्षण गरि कार्यान्वयनको जोडदार माग गर्ने, उद्यमी महिलाहरूलाई आफ्नो व्यवसायमा अझै सबल बनाउन महिला उद्यमशीलता विकास कार्यक्रमलाई सीप विकास एवं उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा थप सक्रियतापूर्वक आबद्ध गर्ने निश्कर्ष निकालेको छ ।

 

 

यस्तै अन्तराष्ट्रिय उदाहरण र देशमा विद्यमान नीतिगत तथा व्यवहारिक अवस्थाको आँकलन गरी महिला र पुरुषको ज्याला समान बनाउन उचित नीति नियम निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्ने र त्यसको लागि नीति निर्माता र व्यवसायीहरूसँग निरन्तर संवाद गर्ने, महिला उद्यमीहरूका उत्पादन प्रवर्द्धन र बजार बिस्तारमा सघाउने उद्देश्यसहित बाहै महिना उपलब्ध हुने गरी संघ, प्रदेश र स्थानीय तहमा प्रदर्शनी÷बिक्री स्थलको व्यवस्थाका लागि पहल गर्ने र उपलब्ध त्यस्ता स्थानहरूलाई सुधार गर्दै लान प्रोत्साहन दिने ।

 

 

 

महिला उद्यमीका लागि उपलब्ध सेवा–सुविधाहरूका बारेमा जानकारी दिन एकद्वार प्रणाली कायम गर्ने, महिला उद्यमीहरूका लागि स्टार्टअप अनुदानको व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकारहरूसँग माग गर्ने । सबै प्रदेशमा स्टार्टअप इन्कुबेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्नुका साथै वित्तीय संस्थाहरूसँग पनि महिला उद्यमीहरूको लागि सहुलियतपूर्ण स्टार्टअप ऋणका लागि संवाद गर्ने ।

 

 

सन् २०२६ मा नेपालअतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गैरहेको सन्दर्भमा महिला उद्यशिलतामा पर्नसक्ने प्रभाव न्युनिकरणका लागि विशेष पहल आवश्यक भएको सन्दर्भमा महिलाको उद्यमशीलता र रोजगारीमा पर्ने नकारात्मक प्रभाव कम गर्न अध्ययन अनुसन्धान, रणनीति तयार पार्नुका साथै विशेष कार्यक्रम घोषणा गर्न सरकारसंग पैरवी गर्ने । सथै दिगो विकास लक्ष्य हासिल गर्न महिलाहरुलाई समेटनु पर्ने बिषयमा सम्बन्धित निकायहरुमा पहल गर्ने , लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसँग निरन्तर पहल पैरवी गर्ने । बजारीकरणका लागि डिजिटल प्रविधिको थप प्रयोग गर्दै स्मार्ट उद्यमी बन्न महिलाहरूलाई विभिन्न कार्यक्रमका लागि पहल गर्ने निश्कर्ष निकलिएको सभापति श्रेष्ठले जानकारी दिइन ।

 

 

महिलाहरुलाई उद्यममा उत्तेजना प्रदान गरेको छ । धेरै कुरा सिक्ने बुझने मौका पहिलो सम्मेलनले गरेको छ यसमा उद्यमी महिलाहरुको समस्या, गुनासो, चुनौतीबारे प्रत्यक्ष रुपमा बुझने र छलफल गर्ने मौका मिलेको सभापति श्रेष्ठले जानकारी दिइन ।

 

 

नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी बिकास समितीको अगुवाइमा दुई दिने सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब दुई सय जनाबढि महिला उद्यमी तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सातै प्रदेशका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी सहित प्रायोजकहरुका स्टलहरु समेत रहेको थियो ।

 

 

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष कृष्ण प्रसाद शर्माले निजी क्षेत्रमा महिलाहरुको ठूलो सहभागिता हुनु पर्छ भनि यो सम्मेलनले उत्साहित बनाएको छ । अप्रत्यक्ष रुपमा महिलाको सहभागिता अर्थतन्त्रमा देखिए पनि प्रत्यक्ष रुपमा सहभागिता हुनुपर्छ पनि जागरणकोे बोध गराएको छ । विश्वको पर्यटन क्षेत्रमा ५६ प्रतिशत महिलाहरुको सहभागिता रहेको अवगत गराउदै उनले नेपालमा धेरै सम्भावना बोकेको क्षेत्र पर्यटन हो, होटल मात्रै पर्यटन व्यवसाय नभई हस्तकला, होजियारी, कृषिलाई पनि पर्यटन र उत्पादनसँग जोड्न सकिने कुराको बृहत छलफल भएको बताए । नितिगत केही कठिनाईलाई सम्मेलनको निश्कर्षले सहजीकरण गर्दै लैजानेमा सहयोग गर्ने अध्यक्ष शर्माले बताए ।

 

 

सम्मेलनमा सहभागी महिला उद्यमीबीच भेटघाट र परिचयको माध्यमले एक अर्कामा समन्वयकारी भुमिकाबाट उत्पादन हरुको बारेमा सहजीकरण र बजारीकरणमा सहयोग हुने छ । बित्तीय व्यवस्थामा अझै पनि महिलाको पहुँच हुन नसकेकाले महिला उद्यमशिलता बढ्न नसकेको यथार्थताका वारेमा छलफल र समाधानका उपायहरुबारे छलफल गरिएको थियो । महासंघको आयोजनामा पहिलो पटक लुम्बिनी प्रदेशमा हुन गइरहेको सम्मलेन सात वटै प्रदेशमा क्रमश हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९