विकास माग्न जाजरकोटी काठमाडौँमा : ठेकेदारलाई कारबाही गरिदिन प्रधानमन्त्रीलाई बिन्ती

सुर्खेत । जाजरकोटमा भएका विकास निर्माणको काम लथालिङग अवस्थालाई गती दिनका लागि जाजरकोटका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई हारागुहार गरेका छन् । पूर्वमन्त्री गणेशप्रसाद सिंह लगाएतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जिल्लाको अवस्था लथालिङग भएको भन्दै तत्काल ध्यान दिन माग गरेका छन् ।

 

भूकम्पबाट पीडित बनेका जाजरकोटबासीलाई तत्काल उचित व्यवस्थापन देखि अन्य दर्जन माग लिएर जाजरकोटीले प्रधानमन्त्री प्रचण्डको ध्यानाक्रषण गराएका हुन् । जिल्लामा भेरी करिडोरमा क्याराभानले लथालिङग बनाएका मोटरेबल पुल , पुष्पलाल मध्यपहाडी लोक मार्गको १२ वर्ष देखि अलपत्र परेको मन्ताभिर लगाएत अन्य सडक खण्ड , लुम्बिनी –रारा सडक खण्डको जाजरकोट भित्र पर्ने सडकको विजोग अवस्थादेखि जाजरकोट जुम्ला सुरुङ मार्गको काममा भएको ढिला सुस्तीका विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाक्रषण गराएको छ ।

 

नलगाड जलविद्युत आयोजनालाई यसै आर्थिक वर्षमा जसरी पनि निर्माण चरणमा लिनुपर्ने, भूकम्पपीडितका घर निर्माण गर्न कम्तिमा १० लाख भन्दा माथी उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख छ । ठेक्का लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरि छिटो भन्दा छिटो काम गर्नुपर्ने उक्त जाजरकोटकी टिमको माग रहेको छ । भेरी करिडोर भित्रको ५६ किलोमिटरमा पिचको लागि काम भएपनि बाँकी ६२ किलोमिटरमा बोलपत्र गर्नका लागि बजेट नहुँदा भएको समस्यलाई समेत भारी मात्रामा उठाएको छ ।

 

पश्चिम जाजरकोटको छेडा– चाँदे हुँदै जुम्ला जोडने सडकको स्तरोन्न्तीको काम रोखिएकाले तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ । खलंगा बोहरा हुँदै– बहुप्राविद्यिक शिक्षालय काफलचौर सम्मको ठेक्का लागेपनि बजेट अभावले काम हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्थापन गर्न माग पत्रमा उल्लेख गरिएको छ । नलगाड नगरपालिकाले आफ्नो पालिका भित्र दर्जन पुलहरु अलपत्र भएकाले निर्माण व्यवसायीलाई तत्काल काममा फर्कन वा कारबाही गर्न माग गरिएको पत्र समेत प्रधानमन्त्रीलाई बुझाएको छ । जिल्लामा प्रदेश तथा संघ सरकारले निर्माण गरेका ८० प्रतिशत योजनाहरु लथालिङग भएकाले तत्काल निर्माण व्यवसायीलाई कारबाही गर्न समेत माग गरिएको छ ।

 

नलगाड जलविद्युत आयोजनाको पुल समेत ९ वर्ष देखि अलपत्र हुँदै आएको छ । भेरी नदीमा आधा दर्जन पुलहरु ६ वर्ष देखि अलपत्र हुँदै आएका छन् । विकास निर्माणको काम लथालिङग बनाउने जो सुकै भएपनि कारबाही गरेर जिल्लाको विकास निर्माणमा गती दिन समेत आग्रह गरिएको पूर्वमन्त्री सिंहले बताए । ठेक्का लिएर वषौँ सम्म काम नगरी पेश्की लिएर बेपत्ता हुने निर्माण व्यवसायीलाई तत्काल उचित कदम चाल्न समेत माग गरिएको छ । जिल्लामा धेरै पटक विकास निर्माणको काममा  बिलम्ब नगर्न आग्रह गरेपनि निर्माण व्यवसायीबाट त्यसको कुनै पनि रिसपन्स नहुँदा जाजरकोटको टोल प्रधानमन्त्रीलाई नै ध्यानाक्रषण गराउन काठमाडौँ पुगेको हो । भूकम्पमा परि क्षत ,विच्छेद भएको समयमा सबै खालका कामहरु होल्ड गर्दा जिल्ला पछाडी परेको समेत माग पत्रमा उल्लेख गरिएको छ ।

 

कोहलपुर देखि सुर्खेत सम्म मात्र निर्माण हुन लागेको १३२ केभी प्रशारण लाइन जाजरकोट सम्म पुर्याउनु पर्ने समेत उनीहरुको माग रहेको छ । डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट लाइ समेत सहयोग पुग्ने भएकाले सो प्रशारण लाइन जाजरकोट सम्म तत्काल जोडनुपर्ने उनीको भनाई छ । ४०० केभी प्रशारण लाइनको दानी पिपलमा निर्माण हुने भनिएको सव टेशनको काम रोखिएको भन्दै तत्काल सो भेरी करिडोरको प्रशारण लाइनलाई निर्माण चरणमा लिन आग्रह गरिएको छ । १५० किलोमिटर  लामो प्रशारण लाइनको काम तत्काल थाल्न माग पत्रमा उल्लेख छ ।

 

माग पत्र बुझाउन उर्जामन्त्री शक्तिबहादुर बस्नेत , पत्रकार प्रभात चलाउने , नलगाडका नगरप्रमुख डम्वर रावत , पूर्वमेयर टेकबहादुर रावल , पूर्व जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल , नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य कालीबहादुर मल्ल लगाएका नेताहरु बालुवाटार पुगेका थिए । सधै बालुवाटारको वरिपरी रहने तर जिल्लाको विकास निर्माणको कुरालाई ध्यान नदिएको भन्दै जिल्लाका दलका नेतृत्वको आलोचना समेत हुने गरेको छ । हाल जिल्लाबाट उर्जामन्त्री बस्नेत , कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , प्रदेशसभा सदस्य राजिवविक्रम शाह , राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा , केही दिन अघि सम्म प्रधानमन्त्रीका प्रशासनीक सल्लाहकार रामदिप आचार्य रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगञ्ज,  नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् । नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि पानी पिउने व्यवस्था सुरु गरिएको जानकारी दिनुभयो...

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

काँक्रेविहार (सुर्खेत),  सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ ।  ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिनुभयो ।   डोल्पामा निर्माणाधीन जगदुल्ला (ए...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

झापामा हुरी र वर्षाले केराखेती नष्ट

सुरुङ्गा (झापा),   गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ झापामा यसवर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । हावा र वर्षाका कारण रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ ।...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर,   विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुु¥याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ ।     महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९