एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको दोस्रो वार्षिक उत्सव (फोटो फिचर सहित)

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको दोस्रो वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच , नृत्य, विज्ञान प्रविधि,अभिनय लगायतका विभिन्न कलाहरू देखाएका थिए I विभिन्न विधामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई पुरुस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोकिला खत्रीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आतिथ्य रहनु भएकाको कार्यक्रममा विशिस्ट आतिथ्य बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवँरले जानेको कुरा व्यवहारमा उतार्न सके बोडिङ्ग स्कुलको स्तर स्वतः वृद्धि हुने बताउनु भयो। बाल विकासमा विशेष ध्यान दिन नसकेको कारण राम्रो जनशक्ति उत्पादन हुन नसकेको बताउनु भयो । विद्यार्थीको मनोविज्ञान अनुसारको पढाई गर्नु पर्ने समय आएको बताउदै विद्यार्थीको मनोभावना अनुसारको शिक्षा नै आजको अनावश्यक्ता रहेको बताउनुभयो। शिक्षा मन्त्रालयले शिक्षा संग सम्बन्धीत सबै नियम कानुन तयार पारेको तर हरेक सामुदायीक र बोडिङ्ग स्कुल विद्यालयले बुझेर पनि व्यवहारमा लागु नगरेको कारण नेपालका सामुदायीक र बोडिङ्ग स्कुल विद्यालयको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा पुगेको भन्दै तत्काल त्यसपक्षमा ध्यान दिन विद्यालयलाई अनुरोध गर्नु भयो। त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सकोस् भनि शुभकामना दिनु भयो। स्थापना काल देखि केही समय सम्म विद्यालयमा भौतिक संरचना नहुंदा भुइँमा बोरा बिच्छाएर बढेको बाध्यता आजको दिनमा नरहेकोले अब अन्य कुरा लाई बिर्सेर गुणस्तरीय शिक्षामा नै केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो। नेपालका सामुदायीक र इंग्लिश बोडिङ्ग स्कुल विद्यालयहरुमा गुणस्तर खस्किदै जानु चिन्ताको विषय रहेको भन्दै त्यस तर्फ पालिका सुक्ष्मरुपले अध्ययन गरिरहेको र सुधार्नका लागि विद्यालय परिवार, शिक्षक/शिक्षिका सबै संग सहकार्य गरेर गुणस्तरीय शिक्षा दिनका लागि सधै तपाईहरु संंग हातेमालो गर्न तयार रहेको बताउनुभयो। हिजोका दिनहरूमा पर्याप्त भौतिक पूर्वाधारहरु नहुंदा विद्यार्थीहरु लाई पठनपाठनमा समस्या हुने गरेको त आज पर्यन्त भौतिक पूर्वाधारहरु हुँदा पनि शिक्षाको गुणस्तर चिन्ताजनक रहेको भन्दै सुधारगर्न आवश्यक रहेको र त्यो सुधार्नै शिक्षक/शिक्षिका, अभिभावक/विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सबैको जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य भिम बहादुर विश्वकर्मा,वडा सदस्य तथा न्यायिक पालिका सदस्य बसन्ती साउँद,वडा सदस्य भावना विक,वडा सदस्य राम बहादुर चौधरी, बर्दगोरिया शिक्षा शाखा अधिकृत नन्दा भट्ट, विद्यालयका सस्थापक नवराज टमटा, भुपेन्द्र राष्कोटी, बसन्त मुरारी नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर कुँवर, जगदम्बिके भगवती माध्यामिक विद्यालयका पूर्व प्रधानध्यापक नेत्र बहादुर खड्का ,रानीकुण्डा खाने पानी सरसफाई उपभोक्ता समूहका कोषाध्यक्ष उदय विष्ट, लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक विनोद बुढाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ शिखर विकले गर्नु भएको थियो । वार्षिक उत्सवमा वरिष्ट डेउडा गायिका डिक्रा देवी,देउडा गायक संसार धामीकाे वेजोड प्रस्तुती रहेको थियो । प्रथम, द्वीतृय र तृतीय हुनेलाई कापी, कलम लगायतका पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वाक्लो रूपमा अभिभाबकको उपस्थिती रहेको थियो ।        

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

घान्द्रुकमा पर्यटकीय चहलपहल

गण्डकी,  कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सप्ताहन्तमा दैनिक एक हजारदेखि एक हजार २००...

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी,  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।     आगामी जेठभित्र...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

सामुदायिकवनको आम्दानीको बेत बाँस

भजनी (कैलाली),  कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिकवन बेत बाँसका लागि प्रख्यात छ । सामुदायिक वनले बर्सेनि लाखौँको बेत बाँस सङ्कलन गर्दै आएको छ ।वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस  हो ।  आर्थिक हिसाबले सम्पन्न सामुदायिक वनले बेत बाँसको सङ्कलनमा दर्जनौँ स्थानीयलाई...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलको वार्षिक परीक्षा नतिजा सार्वजनिक, रिदम पौडेल स्कुल प्रथम

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ स्थित एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलले वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। शिक्षक अभिभावक संघका संयोजक गोपाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक अभिभावक गज बहादुर बम रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिमा जेष्ठ नागरिक...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९