दिदीबहिनीको माया हो फिल्म ‘उपहार’

काठमाडौं ।  अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ। कुनै न कुनै उपाय अनिवार्य छ। सहरमा रहर छन्, महल छन्। सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन्। तर, माया गाढा छ।रेखा थापा बसेको अपार्टमेन्ट आाइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा। अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक गल्तीमा साथ दिन्छिन्। पूजा छविलाई पैसा थुत्ने मनसायमा हुन्छिन्। छवि ‘प्ले ब्वाई’ कथामा छन्। छवि जति पनि खर्च गर्न तयार। यो समाज यस्तै छ, यौन जीवन आफूले गर्दा ठिक अरूले गर्दा बेठिक, औंला तेर्सिन्छ।फिल्ममा गरिबी जीवनबाट हुर्किएकी पूजा शर्माले आफ्नो बाध्यता रहेको र कसैसँग हिँड्दैमा मस्किँदैमा ज्यान नसुम्पिएको दर्शाएकी छिन्। भन्नुको मतलव पुरुषहरू अर्काको कमजोरी र गरिबीमा खेल्न चाहन्छन्।

 

 

 

अपार्टमेन्टमा रेखा थापा, बेनिशा, पूजालगायत बस्छन्, त्यहाँ बिलासिताको मस्ती देखाइएको छ। मस्तीपछिको तनावहरू पनि उत्तिकै। हरदम रेखाले त्यहाँ आउने समस्यालाई आफ्नै समस्या ठानेर बहिनीहरूलाई संरक्षण गर्छिन्, सिकाउँछिन्। माया गर्छिन्। मुना पात्रकी रेखाले लक्ष्मीप्रसाद देबकोटाको कविताको भन्दा अझ यथार्थपरक भूमिका निभाएकी छिन् भन्दा फरक पर्दैन।तर, निर्देशक ज्ञानेन्द्र देउजाले फरकपन दिएका छन्। मदन ल्हासाबाट फर्किँदा मुना मरिसकेकी हुन्छिन्, तर त्यहाँ मदन विदेशबाट घर अपाङ्ग भएर फर्किँदा मुनाले हेरविचार गर्दा मरेको कथा देखाइको छ। यो चलचित्र टिमको खुबी हो, कथा आफैं बनाउने हो। नत्र मुना-मदनको कथा चोरीको आरोप लाग्न सक्थ्यो।काठमाडौंमा बाटो-बाटोमा चिया बेच्दै गरेकी रेखासँग मदनको भेट हुन्छ, मदन अर्थात् मुकन। चिया खाँदै गरेका मुकुनको विस्तारै-विस्तारै रेखासँग चियारंग भन्दा गाढा माया हुन्छ। ट्याक्सी चालक मदनले रेखालाई चिया हाउस खोल्न सुझाव दिन्छन्। त्यो सपना पूरा गर्न विदेश जाने, कमाउने सपना देखाउँछन् मदनले। चियाभन्दा गाढा माया छ भन्दै गर्दा गुन्डाहरूको उपस्थिति रहन्छ।

 

 

उनीहरू भन्छन्, चिया पसल नि हामी समाल्छौं, तिम्रो मुना पनि।त्यहाँ झगडा हुन्छ। रेखा छ महिनाकी गर्भवती हुँदा पनि उनको एक्सन फाइट हेर्न लायकको छ। चलचित्र उपहार दिएकी रेखाको जोखिमलाई जति तारिफ गरे पनि साध्य छैन। त्यहाँ मदनको गाडी जलाइन्छ, गुन्डाहरूबाट। मदन रुन्छन् – मैले किस्तामा निकालेको गाडी, कसरी अब किस्ता तिर्ने?रेखा भन्छिन्- हारेको छैनौं, मरेको छैनौं, म छु नि।मदन विदेश जान्छन्, रेखाले लक्ष्मण रेखा तोड्दिनन्। पूजा, बेनिशाको मोजमस्ती लफडा त छँदैछ। सडकमा चिया पसल खोलेकी मुना (रेखा) भव्य महलमा चिया पसल खोल्छिन्। व्यापार पनि राम्रो चल्छ। अरूको लफडा समस्या मिलाँउदै फिल्म चलिरहकै हुन्छ। मुकुन अर्थात् मदन रेखाको श्रीमान् सात वर्षपछि नेपाल फर्किने कुरा आउँछ।लामो समयपछि आफ्नो श्रीमान् विदेशबाट फर्किँदा कसलाई खुसी मिल्दैन र? एयरपोर्टमा श्रीमानको प्रतिक्षामा रहेकी रेखा छाँगाबाट खस्छिन्। जब मदन अपाङ्गता भएर स्वदेश फर्किन्छन्।

 

 

 

उनको उपचारको लागि हरसम्म प्रयास गर्छिन्, बिहे त भएको छैन किड्नी ट्रान्सप्लान्टको लागि आधिकारिताको लागि बिहे पनि गर्छिन्।रेखाको माया छ साकार भयो। तर कालो बादल छाँउछ, उनको भव्य चिया पसलमा। जब महानगरको डोजर चल्छ।रेखाले थ्री इडियट फिल्ममा अमिर खानले साथीलाई बचाए शैलीमा बचाएकी हुन्छिन् मदनलाई। निको हुँदै गर्दा बिहे गर्ने तयारी हुन्छ मुना-मदनको। पोसाक पनि तयार, रेखा मुकुन पनि तयार। चिया पसल देखेर मख्ख परेका मुकुनलाई के थाहा, रेखाले ऋणपान आफूले चढेको स्कुटी बेचेर कर्मचारीलाई तलब दिन हम्मे परेर आफ्नो उपचार गरेको।बिहेकै दिन मुनाको चिया पसलमा महानगरको डोजर चल्छ। घर धनीले नक्सा पास नगरी नियम मिचेर जग्गा हडपेर महल बनाएको भनेर। रेखा प्रतिकारमा उत्रिन्छिन्, तर उनको बल खेर जान्छ।महानगर भन्छ- नियमविपरीत यस्तो गर्न पाइँदैन।रेखाको के गल्ती घरधनीलाई घोक्रेठ्याक लगाइन्छ। बैंकबाट कालोसूचीको सूचना, त्यो लफडा टिभीमा देखाइको छ। जो मुकुनले हेरिरहेका हुन्छन्।त्यो अस्पष्ट पीडा देखेर उनी आत्महत्या गर्छन्।

 

 

 

बिहेको लागि , आफ्नो ज्यान-मुटु दिन तयार रेखाले शौचालयमा मदनलाई मृत देख्दा पागल हुन्छिन्। मदनको मृत्यु चिया पसलको बोझ, ऋणले बौलाएकी रेखालाई पुराना दिनमा फर्कन निक्कै सकस छ। चिया पसलसँगै रेखाको मन पनि भत्किन्छ, लयमा फर्किएकी छैनन् उनी।साँच्चै दिदी-बहिनीहरूको फिल्म हो उपहार।  बेनिशा वकिल हुन्, पूजाको चलचित्र क्यारेक्टरमाथि नै उल्लेख छ। छविले मोजमस्तीका नाममा तथानाम हवी बनाएका, अपार्टमेन्ट मोजमस्ती र हर्कतले निकालिएका पूजा-बेनिशा अन्तिममा रेखाकै आडभरोसा बन्छन्।छविले मोजमस्तीको नाममा उडाएर श्रीमतीलाई डुबाउन्। त्यो चियापसल घर संयोगवश छविकै श्रीमतीको नाममा आउँछ। छविको हर्कत थाहा पाएकी उनले रेखाको लागि सार्थकता देखाउँछिन्। श्रीमानको वियोगमा डुबेकी रेखालाई दिदीले देखाएको माया, सम्मान, संरक्षण सम्झिएर जिउने हौसला दिन्छिन्। छविको कृष्ण चरित्रबाट आजित श्रीमतीले त्यो घर सम्पत्ति रेखाकै नाममा पास गर्दिन्छिन्।

 

 

 

वास्तवमा फिल्म एकदमै राम्रो छ। खोट देखाउने जिम्मा चलचित्र हेरेपछि। वास्तविकतामा साँच्चै सडकबाट सदनसम्मको आवाज बोलेको छ उपहारले। स्वदेशमै केही गर्न सकिन्छ भन्छ उपहारले। हौसला बोकेको छ, उपहारले। साँच्चै अनेकन बाधा, समस्या, उल्झन हुँदा पनि दिदी-बहिनीको माया केहो देखाएको छ उपहारले।चलचित्रको बजारमा सफलताको खडेरी परिरहेको अवस्थामा तुलनात्मक रुपमा राम्रो चलचित्र ‘उपहार’ बनेको दर्शकलाई आभास हुन्छ। व्यावसायिक चलचित्रहरूमा लामो समयसम्म टिकिरहन सफल अभिनेत्री रेखा थापाको यो चलचित्र झण्डै कमेडीशैलीमा निर्माण गरिएको हलमा पुगेपछि दर्शकले पत्तो पाउँछन्।

 

 

चलचित्रले मध्यान्तरअघि भरपुर मनोरञ्जन दिन्छ। अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फरक-फरक चरित्रमार्फत् नोकझोंक र झगडा चलचित्रलाई मनोरञ्जनात्मक बनाएको छ। चलचित्रमा उनीहरूको हर्कत हेर्नलायक छ। हलमा पुगेका दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको उपहार कस्तो छ, हेर्न आवश्यक छ।चलचित्रमा अञ्जु पन्त, एलिना चौहान,समिक्षा अधिकारीजस्ता नाम चलेका कलाकारले मीठो स्वर दिएका छन्। अर्जुन पोखरेल र बाबुल गिरीले मीठो धुन भरेका छन्। चलचित्रमा ‘वा वा वा’, ‘कहिले बार बिर्सन्छु’ जस्ता गीतले चलचित्रलाई जीवन्त बनाउन सहयोग गरेको छ।कविराज गहतराजको कोरियोग्राफीमा खोट लगाउने ठाउँ छैन। मित्रदेव गुरुङको चलचित्रको सम्पादन कला औसत छ। चलचित्रमा विष्णु घिमिरे कल्पितको सिनेमेट्रोग्राफी राम्रो छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९