साहित्य समाजद्वारा गोपीचामाथि परिचर्चा

काठमाडौं । सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा विश्व कुँइकेलको उपन्यास गोपीचामाथि परिचर्चा गरेको छ। शुक्रबार आयोजित कार्यक्रका वक्ताहरूले गोपीचामाथि परिचर्चा गर्दै पुस्तक पढ्दा आफू बाँचेको समाजलाई हेर्न र बुझ्न सजिलो हुने बताएका थिए। पुस्तक पढ्दा करिव १० दशकअघिको समाज र परिवेशलाई बुझ्न सहज हुने वक्ताहरूले बताएका थिए।काठमाडौंमा बाहुन परिवारमा जन्मिएका र हुर्के बढेका उपन्यासकार कुँइकेल हाल बझाङमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्।

 

 

 

उपन्यासकार कुँइकेलको उपन्यास ‘गोपीचा’ बारेको पुस्तक परिचर्चाका क्रममा वक्ताहरूले ३ वटा कालखण्डलाई जोडेर जातीय छुवाछूत तथा सामाजिक विभेदको विषयलाई यथार्थपरक ढंगले चित्रण गरिएको चर्चा गरेका थिए।’उपन्यासकार कुँइकेलले ३ पुस्ताअघिको समय र समाजलाई इतिहासका रुपमा प्रस्तुत गर्नुभएको छ,’ कार्यक्रममा प्रमुख अतिथि रविन्द्र केसीले भने, ‘भूगोल, समाज र समय हेरेर वा बुझेरमात्रै साहित्य बुझिँदैन, लेखिँदैन, साहित्य लेख्न मान्छेलाई बुझ्नुपर्छ।’सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिाआइजी) समेत रहेका साहित्यकार केसीले लागूऔषध दुर्व्यशनका कारण कतिपय परिवार नै उजाडिएको प्रसंग कोट्याउँदै ती परिवारभित्र थुप्रै कथाहरू रहेको रु लेख्न सक्नुपर्न बताए।

 

 

 

कार्यक्रममा उपन्यासका लेखक कुँइकेलले पुस्तकको आवरणमा श्रीपेच अंकित गरिएकोबारे चर्चा गरे। ‘हाम्रो मुलुकमा अनगिन्ती गोपीचाहरूको लाशमाथि धेरैले शासन गरेका छन्, तर गोपीचाहरूले कहिल्यै सम्मान पाएनन्। यो (श्रीपेच) तिनै गोपीचाहरूलाई समर्पित गरेको हुँ,’ उनले भने। उनले पुस्तकमा तीन वटा कालखण्ड (राणाकाल, झापा विद्रोह र अहिलेको समय) लाई आधार बनाएर एउटा विषयमा लेखिएको कृतिका रुपमा गोपीचा उपन्यास रहेको बताए। उनले समतामूलक समाजको स्थापना नभएसम्म जातीय छुवाछ्रूत र सामाजिक विभेदका विरुद्ध लेखिरहनु पर्ने धारणा राखे।कार्यक्रमको अध्यक्षता गरेका साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले पछिल्ला वर्षहरूमा पठन संस्कृतिमा ह्रास आइरहेकोप्रति चिन्ता व्यक्त गर्दै लेखन र पठन संस्कृतिलाई बलियो बनाउन बहस आवश्यक रहेको बताए। गोपीचा उपन्यासलाई ‘सामाजिक परिवर्तनको आह्वान’का रुपमा उनले व्याख्या गरे।

 

 

 

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भाषा, संस्कृति र राष्ट्रियताको संरक्षण र सम्वर्द्धनमा साहित्यको अहम् भूमिका रहेको चर्चा गरे। सामाजिक विभेद र छुवाछुतको संस्कार र अभ्यास भत्काउन व्यक्तिबाटै पहल जरुरी रहेको बताए।उपन्यासको समिक्षा गर्दै समिक्षक नरेन्द्र भट्टले ‘गोपीचा’ उपन्यासले कठोर कालखण्डको निर्मम वर्णन गरेको बताए। ‘उपन्यासकारले आफूलाई राणाकालीन कठोर समाजको अंशका रुपमा प्रस्तुत गर्नुभएको छ,’  भट्टले भने, ‘इतिहासले कुनै जातीविशेषलाई अपमान गरेको छ, सिमान्त बनाएको छ। त्यसैले इतिहासको पुनर्लेखन हुनुपर्छ भन्ने यो उपन्यासको आह्वान हो।’

 

 

 

यस्तै समिक्षक तुलसी शर्माले गोपीचा उपन्यास सरल भाषा र शैली, कौतुहल र जिज्ञासाले भरिएको उत्कृष्ट कृति भएको बताइन्।  उनले बाहुनको छोरो र च्यामे (दलित) सँग प्रेम गर्ने गोपीको नामको पछाडी “चा” जोडिएर कठोर कालखण्डको सामाजिक विभेदविरुद्धको विद्रोहलाई उपन्यासले उजागार गरेको बताइन्।पत्रकार मनमोहन स्वारले नेपाली समाजमा अहिले पनि कुनै न कुनै रुपमा विद्यमान सामान्ती सोच, संरचना र अभ्यासको पूर्ण रुपमा अन्त्य नभएसम्म त्यसका विरुद्ध निरन्तर साहित्य सिर्जना भइरहनु पर्ने बताए।सो अवसरमा साहित्यकार लछिराम आचार्य पनि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन साहित्य समाजका महासचिव गणेश नेपालीले गरेका थिए भने कार्यक्रममा साहित्य समाजका सदस्य दलबहादुर बोगटीले स्वागत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९