अनपढ भनेर कर्मचारीले हेप्न खोजेको कार्यबहाक मेयरको गुनासो

 

रौतहट । रौतहटको फतुवा बिजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनलेअनपढ भनेर कर्मचारीले आफूलाई फसाउँन खोजेको आरोप लगाएकी छन्। केही दलका नेता र नगरकै जनप्रतिनिधिको ईसारामा आम्दानी भन्दा बढी खर्चमा हस्ताक्षर गराई कर्मचारीले आफूलाई फसाउँन खोजेको मेयर खातुनले आरोप लगाएकी हुन्। नवौं नगरसभाको निर्णय बिपरित भएकाले आफूले कोष तथा लेखा नियन्त्रण कार्यालय गौर बाट रकम निकासा गर्ने सहमती नदिएको स्पष्ट पारेकी छन्।

 

उनी न्युज कारखाना संग कुरा गर्दै आन्दोलनरत शिक्षकलाई तलब ख्वाउने बहानामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत मिलेर नगरसभाको निर्णय बिपरित रकम निकासा गराई नियतबस आफूलाई फसाउँन खोजेको दाबी गरेकी छन्।केही समयअघि सम्पन्न नवौं नगरसभाले फतुवा विजयपुरको सम्पूर्ण ११ वटै वडा अध्यक्षहरुलाई ४१ लाखको दरले विकासको सिलिङ्ग बितरण गर्ने निर्णय गरेको थियो।

 

 

तर प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन कुमार यादव केही जनप्रतिनिधिको ईसारामा वडाको सिलिङ्ग बढाएर प्रत्येक वडामा ७५ लाख देखि ८१ लाख पुर्याएको कार्यवाहक मेयर खातुनले बताईन्।तलबको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीले  तलब पाउनु पर्छ। तर शिक्षकको आन्दोलन देखाएर आम्दानी भन्दा साढे ३ करोड बढी खर्चको सूची तयार पारिएको कारण मेयर खातुनले रेडबुकमा हस्ताक्षर नगरेको जानकारी दिएकि छन।

 

 

फतुवा बिजयपुर नगरपालिकामा यस आर्थिक वर्षमा संघीय सरकार,प्रदेश सरकार र निजीस्रोतको आम्दानी गरेर कुल १३ करोड ४० लाख रुपैयाँ हुने रेडबुकमा उल्लेख गरिएको छ।यस आर्थिक वर्षमा बिभिन्न शीर्षकमा कुल खर्च १६ करोड ९८ लाख हुने रेडबुकमा उल्लेख भएको कारण  उक्त रेडबुकमा हस्ताक्षर नगरेको कारण कोलेनिका बाट रकम निकासा हुन नसकेको उनले स्पष्ट पारेकी छन् ।

 

 

यस आर्थिक वर्षमा आम्दानी तर्फ संघीय सरकार बाट समानीकरण बजेट ११करोड १० लाख, प्रदेश बाट सशर्त अनुदान ८० लाख,६२ हजार, आन्तरिक बाट १ करोड ५० लाख गरी कुल बजेट १३ करोड ४० लाख रहेको उनले बताईन्।

 

 

यस आर्थिक वर्षमा खर्चको लागि तयार पारिएको रेडबुकमा नगरभरीको विद्युत महशुलमा ४ करोड, अघिल्लो बर्षको दायित्व १ करोड ५० लाख, आर्थिक बर्ष २०७९!०८० काे फिर्ता गर्नुपर्ने ३ करोड ११ लाख र नगरको ११ वटै वडाको बजेट सिलिङ्ग ८ करोड ४९ लाख गरी कुल खर्च १६ करोड ९८ लाख रेडबुकमा देखाईएको कावा मेयर खातुनले बताईन्।

 

 

 

प्रमुख प्रशासकीय अधिकृत उपसचिव प्रधान र लेखा अधिकृत अन्य जनप्रतिनिधिको प्रभावमा परेर मेयरको विकासको बजेट सिलिङ्ग पुर्ण रुपले कटौती गरेर वडाको सिलिङ्ग दोब्बर बनाएर आँखामा छारो हाली फसाउँने षडयन्त्र गरेको मेयरका श्रीमान महमद सेराजले दाबी गरेका छन।

 

 

कार्यवाहक मेयर त्यति पढेलेखेकी छैनन् भनेर शिक्षक कर्मचारीलाई तत्काल तलब ख्वाउने भन्दै रेडबुकमा हस्ताक्षर गर्न लेखा अधिकृत यादवले भनेपछि आफूले पहिले रेडबुक अध्ययन गरेपछि मात्र मेयरले हस्ताक्षर गर्ने भनेर रोकेको महमद सेराजले बताएका छन।

 

 

पछि रेडबुकको अध्ययन गर्दै जाँदा कर्मचारीहरुको नियत बारे आफूले चाल पाएको सेराजले गुनासो गरेका छन।केही जनप्रतिनिधि र कर्मचारीकै कारण तत्कालीन मेयर गोपाल राय यादव अख्तियार द्वारा दोषी ठहर भएका थिए, त्यो सब जानी जानी कुन हिसाबले आम्दानी भन्दा साढे तीन करोड बढी खर्च देखाईएको रेडबुकमा कार्यवाहक मेयर खातुनले हस्ताक्षर गर्ने  सेराजले प्रश्न गरेका छन्।

 

 

गलत गरिरहेका कर्मचारी माथी एकदुई दिनभित्रै कारवाहीको लागि उजुरी दिने र नियमसंगत रूपमा रकम निकासाको लागि पहल गर्ने उनले जानकारी दिएका छन।प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र लेखा अधिकृत नवीन कुमार यादवलाई प्रतिक्रियाको लागि पटकपटक फोन सम्पर्क गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्।

 

 

असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा फतुवा बिजयपुर नगरपालिकामा आर्थिक कारोवार ठप्प भएको छ। नगरभरिका शिक्षक कर्मचारी गरी ३५० जनाले गत साउन देखि तलब पाउन नसकेको कारण पटकपटक आन्दोलन गर्दै आएको छन्। लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएका तत्कालीन मेयर गोपाल राय यादव लाई बिशेष अदालतले १५ लाख रुपैयाँ जरिबाना र तीनवर्ष कैदको फैसला गरेपछि उनको पद रिक्त भएको थियो।

 

 

गत आर्थिक बर्षमा तत्कालीन उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारि पाएपछि बजेटको भागबन्डाको बिषय लिएर उनी र वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरु बिच पटकपटक बिवाद हुँदै आएको छ।फतुवा बिजयपुर नगरपालिका भएदेखिनै त्यहाँ कार्यरत शिक्षक कर्मचारी तलब पाउनकै लागि बर्षेनी आन्दोलन गर्दै आएका छन।

 

 

फतुवा बिजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीबाट निर्वाचीत जनप्रतिनिधि पूर्ण बहुमतमा रहेपनि एउटै पार्टी बीच एक अर्कालाई असफल बनाउने षडयन्त्र चलेको कारण त्यहाँका सैयौं कर्मचारी र हजारौँ नागरिकले दुःख पाउनु परेको देखिन्छ।सरकारले शिक्षक तथा कर्मचारीको तलब केन्द्र बाट पाउने ब्यवस्था नगरेसम्म फतुवा बिजयपुर मात्र नभई मधेश प्रदेशका दर्जनौं पालिकामा कार्यरत शिक्षक कर्मचारी सहज रुपमा तलब पाउने सम्भावना न्यून देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९