आइतवार, जेष्ठ ६, २०८१

ग्लोरियस मेकअप ब्यूटी केयर बौनियाको आयोजनामा ब्यूटी पार्लर तालिम सम्पन्न

कैलाली । बौनियामा एघार सय दश घण्टे व्यूटीपार्लर डिप्लोमा तह र बेसिक तह तालिम सम्पन्न भएको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा डिप्लोमा कोर्स तह तर्फमा ६ महिना र बेसिक कोर्स तर्फ ४५ दिनको व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । व्यवसाय विकास तथा परामर्श केन्द्रको प्राविधिक सहयोगमा र ग्लोरियस मेकअप ब्यूटी केयर बौनियाको आर्थिक सहयोगमा बर्दगोरियामा ७ सय २० घण्टे व्यूटीपार्लर डिप्लोमा तह र बेसिक कोर्स तर्फ ३ सय ९० घण्टे तालिम सम्पन्न भएको हो । ग्लोरियस मेकअप ब्यूटी केयर बौनियाको आयोजनामा भएको तालिम वैशाख २ गतेबाट सञ्चालन भएको थियो । उक्त तालिममा कैलाली जिल्ला र कञ्चनपुर जिल्लाका महिला दिदिबहिनीहरुले डिप्लोमा तर्फ १८ जना र बेसिक कोर्स तर्फ २० जना महिला दिदीबहनीहरुको सहभागिता रहेको ग्लोरियस मेकअप ब्यूटी केयरकी सञ्चालिका सुस्मिता चौधरी बताउनु भएको छ । आफ्नो यस संस्थाले बिगत लामो समय देखि यस्ता बिभिन्न तालिमहरुको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । यस्तै व्यवसाय विकास तथा परामर्श केन्द्रका प्रबंधक झुम प्रसाद अधिकारीले यस्ता तालिमको आयोजनाले महिला दिदिबहिनीहरु आत्मनिर्भर हुदै जाने बताउनुभयो । साथै उहाँले व्यूटीपार्लर व्यवसायमा काम गर्दै आएका महिलाहरुलाई सरकारले सहयोग गर्नु बताउनु भएको छ । तालिम लिएका दिदिबहिनीहरु निकै खुसी भएको बताए र तालीमबाट सिकेको कुरालाई व्यवहारमा लागू गर्दै आफ्नो आर्य आर्जनमा सहजता तुल्याउने सहभागीहरूले बताएका छन् । ग्लोरियस मेकअप ब्यूटी केयरका म्यानेजिग डाइरेक्टर रोहित वर्माको सभापतित्वमा सुरु भएको कार्यक्रममा व्यवसाय विकास तथा परामर्श केन्द्र धनगढीका प्रबंधक झुम प्रसाद अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा अथिति रघुवीर चौधरी र ग्लोरियस मेकअप ब्यूटी केयरकी वरिष्ठ ब्यूटी सीएन टेर्नर सुस्मिता चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। भने कार्यक्रमको सञ्चालन वि.वि.सि. ट्रेनिंग सेन्टर धनगढीकी मञ्जु दाहालले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न नृय प्रश्तुत गरिएको थियो । कार्यक्रममा सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation